चितवन । चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कमा विश्वविख्यात ब्रान्डका सामग्रीको कारोबार गरिरहेका व्यवसायीले उच्च सावधानीका साथ ब्रान्ड लोयल ग्राहकलाई सामान उपलब्ध गराउन थालेका छन्। जिल्लामा ब्रान्डेड सामानहरु अन्यत्र नपाइने हुँदा ब्रान्ड लोयल उपभोक्ताका लागि पर्याप्त सुरक्षा सावधानी अपनाएर सामान उपलब्ध गराउन थालेको मलमा पसल सञ्चालन गरिरहेका व्यवसायी विदुर पौडेलले जानकारी दिए ।
सरकारले अन्यत्र व्यवसाय गर्न अनुमति दिए पनि सपिङ मल खोल्न अनुमति दिएको छैन । यस्तो अवस्थामा ब्रान्ड लोयल ग्राहकका लागि विशेष व्यवस्था गरिएको उनले बताए । पर्याप्त सावधानीका साथ दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सामान लिन सक्ने व्यवस्था मिलाएको उनको भनाइ छ । मल म्यानेजर उज्ज्वल केसी मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको बताउँछन्।
सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरिरहेको म्यानेजर केसीले जानकारी दिए । ‘यो अप्ठेरो अवस्थामा ग्राहकको आवश्यकता पनि परिपूर्ति गर्नुपरेको छ, संक्रमणबाट पनि बच्नु÷बचाउनु छ,’ केसी भन्छन्, ‘त्यसकारण हामीले मलमा व्यवस्था गरिएको संयन्त्रमार्फत सूक्ष्म रुपमा निगरानी गरिहेका छौं । डब्लुएचओ र सरकारका सक्षम निकायले तोकेको प्रोटोकलविपरीतको काम कुनै हालतमा हुन दिँदैनौं ।’
मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ । अर्का व्यवसायी रोशन तिवारी मल व्यवस्थापनले स्यानिटाइजर, साबुनपानीको व्यवस्था, तोकिएको सामाजिक दुरी कायम गर्न आवश्यक प्रबन्ध मिलाएर सहयोग गरेको बताउँछन्। ‘मलमा आउने जोसुकै पनि डराउन नपर्ने गरी
व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘डर र जोखिम हामीलाई पनि छ । यी सबै पक्षलाई मनन गरेर पर्याप्त सावधानी अपनाएका छौं ।’
पुलचोकका सञ्जय खड्का ब्रान्डेड सामानका पसल खुलेपछि केही राहत मिलेको बताउँछन् । मलमा भेटिएका उनले व्यवसायीले अपनाएको सावधानीको प्रशंसा पनि गरे । ‘यत्तिको सुरक्षा सावधानी मैले चितवनमा अन्त कतै देखेको छैन । यस्तै तरिका अपनाउने हो भने संक्रामक रोगको महामारीबीच पनि सुरक्षित तवरले काम गति २०७६ चैत्र ११ गते बाट भएको लकडाउनले मारमा परेका व्यवसायीहरुले ग्राहकको विशेष अनुरोध र
टेलिफोन कल आएको हुनाले उक्त मलमा कोभिड –१९ सम्बन्धी सम्पूर्ण सुरक्षाको सावधानी अपनाएर पसल खोली सेवा दिन थालेको कुरा पनि यसै मलका एक व्यवसायी बताउँदछन् ।




