अहिले विश्वका लाखौँ बालवालिकाहरु शिक्षकहरुको प्रत्यक्ष सम्पर्कबाट टाढा रहेका छन्। कोभिड – १९ ले सबैभन्दा ठूलो मनोबैज्ञानिक त्रास यिनै बालबालिकामा ल्याएको छ भने अर्काेतिर औपचारिक शिक्षामा लगाम लगाइदिएको छ । अझैसम्म हामीहरु कतिपयमा शिक्षा भनेको औपचारिक रुपमा विद्यालयमा गई लिने हो भन्ने मान्यताले गाजेको परिवेशमा अनौपचारिक शिक्षाले वा सिकाइले पनि ठुलो प्रभाव पार्दछ भन्ने नै यो लेखको आसय हो। जसको लागि शिक्षाको ब्यापक अर्थ बुझ्नु पर्ने हुन्छ। बालकले हरेक क्रियाकलाप, घटना र कार्यबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केही न केही शिक्षा पाएको हुन्छ। त्यस्तै बालबालिकाले शारीरिक मानसिक बौद्धिक संवेगात्मक विकाससँगसँगै आफ्ना परिवार, परिवेश वातावरण आदिबाट प्राप्त गर्ने विभिन्न ज्ञान, सीप, अनुभवले बालबालिकालाई झनै उत्कृष्ट बनाउँछु भने अर्काेतिर जीवन जिउने कला समेत सिकाउछ।
भनिन्छ हरेक समस्या वा अप्ठ्यारोले अवसर पनि सँगै बोकेर आएको हुन्छ यो अवस्था भनेको चाहना अनुसारका कामहरु सिकाउन सकिन्छ घर समाजमा नै जस्तो सङ्गींत, भान्छाका काम, पेन्टिङ्ग, साहित्य, तरकारी खेती आदिमा उनीहरुलाई प्ररित गर्न सकिन्छ। विद्यालय वन्द भयो कहिले खुल्छ । बालबालिका विग्रे भन्दै गाँउ चाहार्नको साटो उनिहरु सगै बसेर माथि उल्लेख गरिएका कार्यहरुमा उनीहरुलाई व्यस्त बनाउन सकिन्छ। भने अर्काे तर्फ आफ्ना रीतितिथी, रहनसहन, संस्कार तथा समाजमा देखिएका समस्या र तिनको हल गर्न वा सामाजिक भावनाको विकास गराउने उत्कृष्ट अवसरको रुपमा प्रयोग गर्न सक्नुपर्छ। शिक्षाविद् जोन डिबेले शिक्षा त्रिमुखी (Tripolar) प्रकिया हो भनेका छन् जसमा प्रकृती, समाज र नैतिकतालाई मानेका छन् यी त्चष्उयबिच को अंगको लागि पनि त विद्यालयको ठूलो आवश्यकता रहदैन होला हैन र। त्यसैले यो विषय परिस्थितिमा टाइ सुट लगाएर नै बालबालिकालाई विद्यालय कुदाइ हाल्नुपर्छ भन्ने मान्यतामा यो लेखक सहमत छैन।
एक्कासौ शताब्दीको शिक्षा भनेको व्यतिलाई Learning to know, Learning to do, Learning to be and Learning to live together जस्ता प्रमुख खम्बाहरुमा केन्द्रित गरिनुपर्ने मान्यतालाई समेत ध्यानमा राख्दा मात्रै शिक्षा पूर्ण हुन्छ त्यसैले शिक्षा तबमात्र पूर्ण हुन्छ जब उसले व्यवहारिकता प्राप्त गर्छ र क्रमिक तथा प्रगतीशील परिवर्तनहरुको प्रगतिशील क्रम प्राप्त गर्दछ। निश्चित लक्ष्यलाई निरन्तर रुपमा सञ्चालित परिवर्तन ल्याउन पनि यो अवसरको सदुपयोग गर्न सकिन्छ।
जान्नको लागि, सफलतापूर्वक कुनै काम सम्पन्न गर्न, समाजमा सक्षम नागरिकको रुपमा प्रतिस्थापित हुनका लागि व्यवहारिक ज्ञान सिक्नका लागि ,सबै सँगै बसौ, सबैका लागि मिलेर काम गरौ, सबैलाई सुखमय जिवन व्यतित गर्न सहयोग गरौ, प्राकृतिक प्रकोपको अगाडि सबै समान हौ। भन्ने जस्ता गहिरा ज्ञान प्राप्त गर्ने अवसरका रुपमा यसलाई लिई यो विषम परिस्थिति मा बालबालिकाको भित्री तथा बाहिरी ज्ञानको संसारमा शिक्षालाई प्रयोग गर्न सके समयको उचित सदुपयोग हुने कुरामा दुईमत नहोला।
अन्यमा शिक्षा यस्तो चमत्कारिक वस्तु हो जसले यसलाई जुन रुपमा उपयोग र प्रयोग गर्छु त्यहि रुपमा प्रयोग भइदिन्छ। तसर्थ बालबालिकाको शारीरिक, बौद्धिक ,सामाजिक ,सवेगात्मक आदि पक्षको सर्वाङ्गीण विकासको लागि यो विषम परिस्थितिमा हामी सबैले आ–आफ्नो घरबाट नै उपयुतm वातावरण निर्माण गरी बालबालिकाको सर्वाङ्गिण विकासको लागि जुट्यौ र यो महामारीबाट सबै जोगियौ र सबैलाई जोगायौ।




