काठमाडौं । पप , ¥याप तथा रेगी शैलीकाे नेपाली गीत गाएर ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल तथा गायक किरणमाईकलको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनीहरूकाे स्वरमा रहेको गीत ‘सकिन’को म्यूजिक भिडियोसार्वजनिक भएको हाे । आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट साे म्यूजिक भिडियो सार्वजनिक गरियाे । भिडियोमा गायक बिनोद , किरन तथा विकास लामीछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ ।
सुदिप आत्रेयको शव्दमा तयार पारिएको गीतको संगीत बिनोद तथा किरण माईकलकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारकोरहेको छ । फराज अर्पणको छायांकन, निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेकायुवाहरुको कथा बोकेको छ ।
त्यस्तै, यस अघि सार्वजनिक भएकाे नेपाली गीत ‘बाजेले गिटार बजाको’ बाट नेपालका एक मात्र सक्रिय रेगी गायक समेत रहेकाढकालले दर्शक तथा स्रोताको मन जिते सकेका छन् । यो गीतमा गायक ढकालकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यूट्युबबाटसार्वजनिक गरिएको उक्त गीतको भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् भने भिडियोका निर्देशक पनि उनी नै हुन् ।थाइल्याण्डको पटायामा छायांकन गरिएको यो भिडियोमा समेत गायक ढकाल रेगी शैलीमै प्रस्तुत भएका छन् । अनुप गिरीकोछायांकनको उक्त भिडियोका सम्पादक सुशील न्यौपाने हुन् ।




