चितवन । नेपाली कांँग्रेस चितवनको जिल्ला कार्यसमितिमा संचारउद्यमी एवं नेपाली कांँग्रेसका क्रियाशील सदस्य नवीनराज पौडेल मनोनित हुनुभएको छ । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आज आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।
पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आउनु भएको छ । उहांँ नेपाली कांँग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसक्नुभएको छ भने लामोसमयदेखि पार्टीको प्रतिष्ठा, हित र संगठन विस्तार लगायतका काम गर्दै आउनु भएको छ ।
साथै पौडेल दुईदशकदेखि संचार क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहांँले चितवनमा रहेर भरतपुर एफ.एम, भरतपुर पोष्ट, भरतपुर टीभी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आउनु भएको छ । उहांँ चितवन नवलपुर प्रसारण मञ्चको रुपमा समेत काम गर्दै आउनु भएको छ । उहांँ भरतपुर महानगरपालिका वडा नम्बर ५ को जेसिज प्रतिनिधि पनि हो ।




