काठमाडौं। अभिनेता राजेश हमाल पारिवारिक शोकमा परेका छन् । उनका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर नयाँदिल्ली पुर्याइएका राकेशको उपचारकै क्रममा निधन भएको हो ।
राकेशको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममै निधन हमालको पारिवारिक स्रोतले जानकारी दिएको छ । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ । उनीहरुका तीन दिदीबहिनी छन् । अन्य क्षेत्रमा रहेका राकेश र राजेश हमालबीच करिब डेढ वर्षको उमेर अन्तर रहेको जनाइएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




