नेपाल राष्ट्रिय खेलकुद ऐन २०७७ अन्तर्गत नेपाल खेलकुद परिषद भित्र भुकम्प आएको छ। विगत वर्षहरु देखि विभिन्न खेलकुद विधाहरुमा गरिमामय पदमा रहेर राष्ट्रिय खेलकुद टिमहरुलाई प्रशिक्षण गर्दै आउनु भएको प्रशिक्षकहरुको आत्मा र सम्मानमा ठोस पुगेको भान भएको छ।
नयाँ खेलकुद ऎनको कारण खेलाडीहरु माथी प्रत्यक्ष असर पुग्ने र उनीहरुको भबिस्य अन्धकार तर्फ नजाला भन्न सकिदैन। नेपालले बिगत वर्ष २०१९ को काठमाडौमा आयोजना भएको साग गेममा तेक्वान्दो , कराते, सुइमिङ, बक्सिङ र अन्य खेलहरुमा राम्रो रिजल्ट हासिल गरेको थियो। सार्क मुलुकहरुमानै दोस्रो स्थान लिन सफल भएको थियो यसको देन खेलाडीलाई मात्रै जादैन कि कुशल प्रशिक्षकहरुको पूरा समर्पण पनि पक्का रहेको छ। नयाँ ऐन अनुसार प्रशिक्षकहरुलाई दुईमा एक चुन्न वाध्य बनाएको हुनाले कि पद कि जागिर चुन्ने गराएर भुमरीमा पारिएको छ। सरकारले गरेको यो निर्णय केही हदसम्म सहि पनि छ तर देशको राष्ट्रिय टिमको लागि कुशल र अनुभवी प्रशिक्षकको अत्यन्तै जरुरत पनि हुन्छ।
प्राकृतिको नियम अनुसार कोहि पनि मानिसहरुले पहिला आफ्नो जीवनलाई सहज बनाउनको लागि जागीर र पैसाको आवश्यकतालाई पक्का अपनाउँछ त्यसपछि मात्रै पद र सम्मानलाई समेट्छ। सहजै भन्न पर्दा उनिहरुले खेलमा गरेको त्यागको कारणले गर्दा देशको खेल र खेलाडिहरुको भबिस्य कता जाला भनेर चिन्ताको विषय पक्का उनिहरुलाई हृदयबाट नै उत्पीडन भएर आएको छ। तसर्थ नेपाल खेलकुदको लागि आजिवन खेल र देशको लागि समर्पित गरिएको प्रशिक्षक र निर्णायक हरुको कौतुहलताको विषय बन्न पुगेको छ।
खेलमा उनिहरु भन्दा कुशल प्रशिक्षक र निर्णायकको प्रवेश भएत कुनै गुनासो को विषय नै भएन तर कुनै राजनीति पार्टी र सात प्रदेशमा तेक्वान्दो भित्रनै अलग अलग पार्टी कै राज हुने र मेरो खेलाडी यो पार्टी को र मेरो निर्णायक, प्रशिक्षक यो पार्टीको भन्ने वातावरण भएमा देश र देशको खेलकुद र खेलाडिको भविस्य अन्धकारमा नजाला भन्नु छैन।
खेलकुद परिषद भित्र खेल अनबिज्ञहरुको प्रवेश र खेलकुद के हो भनेर नबुझ्ने र बुज्न नचाहने पदको मात्रै माया गर्नेहरुको प्रवेश भएमा के गर्नेत भन्ने प्रश्न नेपाल सरकारलाई छ ? यी सबै खेलकुद ऎनहरु भारतको खेलकुद ऎन सङ्ग समन्धित छ र यो कपि पेष्ट हो। तेसैले बिगत बर्ष देखि भारतको तेक्वान्दो तल खस्केर गएको छ।
तेक्वान्दो संघमा २/४ अनुभवी प्रशिक्षकहरु पद र जागिर दुबैमा सरकारले राख्न अत्यन्तै जरुरी छ किनकि उनिहरुको अनुभव र उपस्थिति जिम्मेवारी पदमा भएमा मात्रै सहजै निस्किने छ। नत्र उनीहरुले आफ्नो जागीरलाई मात्रै ख्याल राखेर बाहिरबाट खेलको तमसा हेर्ने बहेक केइ रहन्न र घाटा उनी प्रशिक्षकहरुलाई भन्दा देश र खिलाडीहरुलाई प्रत्यक्ष रूपमा पुग्ने छ। तसर्थ हरेक निर्णय को पछाडी सहि र गलत पक्ष हुन्छ र तेस्को छानबिन र आलोचना हामी युवाहरुले गर्न पर्दछ।
(लेखक : भारतिय सेनामा कार्यरत अन्तरास्ट्रिय तेक्वान्दो नेपाली खेलाडी हुन )




