नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुलन्द आवाजको धनी प्रत्यक्ष दोहोरीका प्रखर, गायक तथा सर्जक प्रकाश पराजुलीको तीज गीत “छोरी पाइनौ किन ” सार्वजनिक भएको छ।
गायक प्रकाशको केही दिन अगाडि मात्र बजारमा आएको तीज गीत “शितलु”ले बजार पाए संगै बहुप्रतिभाका धनी गायक तथा सर्जक प्रकाश पराजुली चर्चामा आएका छन । धेरै एल्बमहरु बजारमा ल्याइ सकेका स्वर तथा शब्दका धनी, प्रत्यक्ष दोहोरीका प्रखर तथा रमाइलो लाइभ दोहोरीका संचालक गायक प्रकाश पराजुली स्याङ्जामा जन्मिएर बिगत लामो समयदेखि नेपाली गीत संगीतलाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै आउनु भएको छ।
“शितलु” तीज गीत सार्बजनिक भए लगातै धेरै दर्शक , श्रोताहरुले पछ्याउन थालेका छन प्रकाश पराजुलीको स्वर संगीतमा धमाधम एल्बम सार्बजनिक गरेका छन। “शितलु” तीज गीतमा स्वर संगीत प्रकाश आफैले दिएका थिए भने,”छोरी पाइनौ किन ” तिज गीतमा पनि स्वयम गायक आफैले स्वर दिएका छन। साथमा गायक रबिन लामिछाने र गायिका मिना बुढाथोकीको पनि स्वर रहेको छ।
तीज गीत “छोरीपाइनौ किन” दिदीबहिनी बिनाको अधुरो दाजु भाइ,आमा,बाबूलाई धुरुक्कै रुवाउने विषय बस्तुलाई समेटेर तयार पारिएको छ।”शितलु” गीतमा स्वर गायक प्रकाश पराजुली र गायिका शितल शर्मा को सुमधुर आवाज रहेको छ। संगीत पनि गायक पराजुलीको रहेको गीतमा शब्द रचना नबराज पन्तको रहेको छ।कोरियोग्राफी तथा निर्देशन मौसमी हिमालले गरेका छन । संगीत सम्योजन बिनोद बाजुरेली तथा भिडियो सम्पादन मनोज कार्कीको रहेको छ। छायांकन करण चौसिरले गरेको उक्त गीतमा गरिमा शर्मा र साथमा निर्देशक तथा कलाकार शिवन पोख्रेलको अभिनय तथा नृत्य हेर्न सकिन्छ। तीज गीत”छोरी पाइनौ किन ” रबिन लामिछाने युटुब च्यानल र “शितलु” शितल शर्मा नामक अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो।




