चितवन । चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक व्यक्तिको गएराति मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी बाराबाट १३ दिन अगाडि चितवन आएका थिए । छाती दुखेर ढलेको केहीबेरमै उनको मृत्यु भएको हो । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
Advertisement
उनीसँगै बाराबाट आएर पाँच जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीहरुमा हालसम्म कुनै समस्या देखिएको छैन । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




