चितवन । भरतपुर ११ विशालचोक स्थित नारायणी ई. पब्लिक स्कुलले बुधवार स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
शिक्षक प्रतिनिधि एवम् +२ को कोडिनेटर जनकराज घिमिरेद्वारा स्वागत मन्तव्य दिँदै सुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेद्वारा शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कोरोना महाव्याधिको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यलाई कसरी सबल बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहि उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । पुरानो मेडिकल कलेज डिपार्टमेण्ट अफ कम्युनिटि मेडिसिनकी लेक्चर डा. प्रिया पाठकद्वारा विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो । जुम एपको माध्यमबाट गरिएको सो कार्यक्रममा उल्लेख्य विधार्थी एंव अभिभावकहरुले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रमको सहजीकरण पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संयोजन परीक्षा प्रमुख तथा बिधालयको सुचना अधिकारी नवीन बगालेद्वारा गरिएको थियो ।




