घुमीफिरी फेरि पनि हाम्रो आँगनीमा हरितालिका तीज आएको छ । हिन्दू नारीहरुको महान पर्वको रुपमा यसलाई लिइन्छ । पौराणिक कथा अनुसार हिमालयकी छोरी पार्वतीले श्री महादेव पति पाउ भनी निराहार जलपनि नखाई ब्रत बसी पूजा गरी श्री महादेव खुशी भएर पार्वतीले महादेव पति पाएकी थिइन ।
यसै खुशीयालीमा आफ्ना साथी सङगीहरु जम्मा गरेर स्रोर्ह सिङगाले सजिएर नाच गान गरेर खुशीयाली प्रकर गरिन भन्ने भनाइ छ । त्यसै हिन्दू नारीहरुले पनि पार्वती कै अनुशरण र विश्वास गरी अभिवाहितले राम्रो र असल पति पाउ र विवाहितले श्रीमानको दिघ्रायुको कामना गर्दै भगवान शिवको अर्जना गर्दै भाद्र शुल्क द्रितीयाको दिन माइतमा गई दर खाइ तृतीयाको दिन रातो सारी लगाएर नाच गान गरेर यो पर्व मनाउने पचलन छ ।
विगत र आगतमा पर्व मनाउने प्राय अलि फरक नै छ । चेलीहरुले आफना विगतमा भोग्नु परेमा पिडा जस्तै बालविवाह , बहुविवाह , शिक्षाबाट बन्चित , सामाजिक विभेद , डर, त्रास, वर्तमान जस्ता कहाली लाग्द बिषयलाई दिएर माइतमा गएर करुण शैलीमा अत्यास र मर्महरु पोखेर यो दिन आफुलाई स्वतन्त्र र आनन्द भएको अनुभव गर्थे । तर आगतमा आएर तीज पर्व अलि भडकिलो पनि बन्यो । संस्कृतको नाममा विकृति मिसिएर यो पर्वको मुल्य मान्यता लोप हुने हो कि भन्ने डर पनि नभएको होइन ।
आज आएर तीजको रमाइलो भन्दा पनि कोरोना भाइरसले सारा विश्वलाई त्रासित बनाएको छ । स्वदेश तथा बिदेशमा रहनु भएका हाम्रा पृथ्वीनामक बगैचामा फुलेका फक्रिएका फुलहरुले यही घातक महामारीका कारण अकालमा नै ओलिएर झनु परेको छ । हामीले भगवान मान्दै आएका ठुला चिकित्सकहरु पनि यस महामारीबाट अछुतो हुनु भएन भन्ने हामी त झन ढुक्क हुने अवस्था छैन । आफ्ना बालबच्चा घर परिवार आफ्नो ज्यानको पर्वाह नगरी कोरोनाको बिरुदमा होमिनु भएका सम्पूर्ण चिकित्सक टोलीहरुलाई म यो अवस्थामा सलाम गर्न चाहन्छु । पर्व मनाउने बहानामा हामी रमाइलो कुण्डमा होमिने हो भन्ने हामी कोही पनि अछुतो हुँदैनौ ।
यसैले हाम्रा आमाबुबा, दिदीभाई, दाजुबहिनी तथा साथी सङगीलाई म के अनुरोध गर्न चाहान्छु भने हामी जो जहाँ बसेका छौ त्यही बसेर खुशी साथ जे पाक्छ त्यसैलाई दर मानेर खाएर आफ्ना परिवारका साथ तीजलाई स्वागत गरौ । यो साल आएको दर अर्को साल श्रद्रामा परिणत नहोला भन सकिन्न । त्यसैले चेली पनि घरै बसेर रमाउने माइतीले पनि चेली आएन भनेर दु:ख नमानिकन यो पालीको तीज मनाउनुपर्छ । मनमा खुशी र आत्मबलले नै कोरोनालाई पराष्ट्र गर्न सकिन्छ । हरेक चाडपर्व रीतिरिवाज धर्म संस्कृति हाम्रा राष्ट्रिय सम्पदा हुन । आस्था र आदर्श हुन ।
नेपालीका आत्मियता प्रदर्शन गर्ने माध्यम हुन । विश्वमा हाम्रो मौलिक पहिचान पनि हाम्रो संस्कृति नै हो । कुनै पनि पर्वमा खुशी हुनु र जीवन्त राख्नु हाम्रो कर्तब्य हो भन्दै हामी सबैमा कोरोना भाइरसलाई पराष्ट्र गर्न सहास मिल्योस् विश्वभरी नै शान्तिको दीप बलोस् भनी स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा २०७७ को हरितालिका तीजको शुभकामना ।
(लेखक : भरतपुर १२ ,चितवन ग्रीनल्याण्ड पब्लिक स्कूलकी शिक्षक हुन् ।)




