चितवन । रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनीद्वारा हेमोफिलिया रोग र कोभिड १९ को जोखिम सम्बन्धि वेबिनार सम्पन्न गरेको छ। उक्त वेबिनार रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष रो.बाबुराम खनालको अध्यक्षतामा भएको हो ।
हेमोफिलिया ट्रेनर तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञता प्रेचन थपलियाको प्रमुख अतिथिको रहेको छ । स्वार्थ भन्दा माथी सेवा ” भन्ने मुल नारालाई आत्मसात गर्दै कोभिड -१९ को महामारी विश्वब्यापी भइरहेको र पछिल्लो समयमा नेपालमा समेत यसको प्रभाबलाई मध्यनजर गदै विषम परिस्थितिमा पनि यस क्लबले यस्तो स्वास्थ्य सम्बन्धी वेभीनार सञ्चालन गरेर उदाहरणीय तथा सराहनीय काम गरेकोमा क्लबलाई बिशेष धन्यवाद दिदै उहाँले हेमोफिलिया रोग र कोभिड १९ को जोखिम सम्बन्धि प्रस्तुतीकरण दिनुभएको छ।
हेमोफिलीयाका बिरामीलाई कोभिड १९ को जोखिम कति छ कस्तो समस्या भोगिराख्नु भएको छ भन्ने कुरा प्रस्तुत गर्नु भएको थियो । नेपालमा हेमोफिलिया समस्या भएको करिब ७/८ सय जना छन्। महंगो चिकित्सा भएकोले सामान्य जनताले यो उपचार खर्च आफै बहन गर्न गाह्रो छ र जनचेतना को कमि ले गर्दा अझै पनि हेमोफिलीयाको बिरामीअगाडि आउन सकेका छैनन्।
हेमोफेलिया भएका ब्यक्तिहरूले जीवनभर प्रयोग गर्नु पर्ने एन्टि हेमोफेलिक फ्याक्यटरको अभावका कारण हेमोफेलिया भएका ब्यक्तिहरूको जीवन संकटमा परेको छ र सरकारद्वारा उक्त फ्याक्टरको ब्यबस्था गराउन नसके हेमोफेलिया भएका ब्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने अवस्था छ।त्यसैले हामी सबैले अब यस रोग बारे उहाँहरूको आत्माबल बलियो बनाउन र भोलि देखा पर्ने जटिलता बाट बचाउन समुदाय सम्म आवाज उठाउन जरुरी छ। जनचेतनाको कमिले गर्दा अझै पनि हेमोफिलीयाको बिरामी अगाडि आउन सकेका छैनन् जसले गर्दा बिरामीको सङ्ख्या बढ्दै जाने तर समुदायमा थाहा नहुने कारण ले गर्दा उपचार नपाई धरै हेमोफिलीयाका बिरामी बढेका छन्।
रगत नजम्ने रोगलाई हेमोफिलिया भनिन्छ। यो समस्या भएको ब्यक्तिमा ससानो चोट लागेमा पनि रगत नजमेर रक्तश्राव भइरहने हुन्छ। कोरोनाकै कारण विदेशी दाताहरुले दिने औषधि सहयोग प्रभावित बनेको छ । हिमोफिलिया सोसाइटी नेपालमा हाल औषधि अभाव भएको छ । आकस्मिक अवस्था आइहालेमा के गर्ने भन्ने डर र त्रास रहेको छ । संयमित एवं सावधानी अपनाए कोरोनासँग बच्न केहि हदसम्म सकिन्छ ।
तर जति नै सुरक्षित अवस्था अपनाए पनि हिमोफिलियायुक्त व्यक्तिहरुलाई रक्तश्राव भई जुनसुकै बेला पनि आकस्मिक हुन सक्ने खतरासँग हिमोफिलियायुक्त व्यक्तिहरु भयमा बस्नुपरिरहेको छ । यदि औषधि पर्याप्त थियो भने आकस्मिक अवस्था आइहालेमा पनि त्यति डर हुने थिएन जुन डर अहिले भइरहेको छ । हुनतः हिमोफिलिया जस्तै अन्य समस्या भएका व्यक्तिहरु पनि आ आफ्नो समस्यासँग त्रसित भई बस्नु परिरहेको छ । वंशाणुगत वा उत्परिवर्तनका कारण सिर्जना हुने हिमोफिलियालाई रक्त विचलन सम्बन्धि अपाङ्गता पनि भनिन्छ। कस्तो अवस्थामा हिमोफिलिया भएको मान्ने ?
– भर्खर जन्मेको बच्चाको नाभि काट्दा लामो समयसम्म रक्तश्राव हुने गर्दछ ।
– शरीरका विभिन्न भागहरुमा निलडाम देखिनु ।
– हातगोडाका जोर्नीहरु सुनिनु, दुख्नु ।
– लाग्दा वा घाउ हुदा लामो समयसम्म रगत नरोकिनु वा रक्तश्राव भइरहनु नाकबाट रगत बग्नु शरीरको जोर्निहरु जस्तैस् घोडा, गोलिगाठो, कुहिनो, पाखुराको जोर्नि आदिमा आन्तरिक रक्तश्राव भइ सुनिने, चलाउन नसकिने तथा अत्याधिक पीडा हुने गर्दछ। आद्राको भित्री भागमा रक्तश्राव हुनाले दिसामा रगत देखिने वा कालो दिसा हुन सक्दछ, जसले रक्तअल्पता पनि हुनसक्दछ ।
होमोफिलिया हुनुको कारण ?
– जनचेतनाको कमि
– चिकित्सक र सम्बन्धित निकायमा पनि जनचेतनाको कमि हुनु ।
– डायगनोसिस सेन्टरको कमी ।
– उपचारका लागि चाहिने डाक्टर को कमी । यसरी सम्पूर्ण कुराहरु को जानकारी प्रदान गर्दै आफ्नो प्रस्तुतीकरण हेमोफिलिया ट्रेनर प्रेचन थपलिया सम्पन्न गरेकी थिन भने ।
उक्त वेबिनार मा रोट्रयाक क्लब अफ सेन्टल लुम्बिनीका निवर्तमान अध्यक्ष रो.उपेन्द्र यादव, संस्थापक अध्यक्ष रो.दिनेश पौडेल साथै रोटार्याक्ट डिस्टिक ३२९२ वर्ष २०२०/२१ का (ए.डि.स.)रो. लक्ष्मण खरेल ,रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रो.हिरा बहादुर शाह साथै पुर्व अध्यक्ष रो.कृष्ण पाण्डे र रो.बिमल सेन्चुरी लागायतले यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य सम्बन्धी वेबिनार सन्चालन गरेर उदाहरणीय काम गारेको मा क्लब अध्यक्ष रो.बाबुराम खनाल तथा हेमोफिलिया ट्रेनर प्रेचन थपलिया लाई बिशेष धन्यवाद दिदै कार्यक्रमको सञ्चालन क्लबका सचिव सुमित कसौधनले गरेका थिए भने अन्तिमा क्लबका अध्यक्ष रो.बाबुराम खनाल ले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने वाचा तथा सम्पूर्णमा स्वास्थ्य लाभको कामना गर्दै दुई घण्टा तीस मिनेट लामो भर्चुअल वेबिनार अन्त्य गर्नु भएको थियो ।




