चितवन । कोरोना भाइरसको महामारीको समयमा फ्रन्ट लाइनमा काम गर्नेहरुको सम्मानमा ताली बजाउन चितवनका स्वतन्त्र युवाहरुको समुहले आह्वान गरेपछि यो कार्यक्रमलाइ पुर्ण साथ दिन र वहाहरुको मनोबल बढाउन नेपालभरीका साइकल प्रेमीहरुले एक्यवद्धता जनाएका छन।
यहि कोरोनाले विश्व नै आक्रान्त भएको अवस्थामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीको सम्मानमा आइतबार ताली बजाउन चितवनका युवाहरुले आह्वान गरेको हो ।युवाहरुले आइतबार साँझ ७ बजे घरको बार्दली वा आँगनबाट नै उनिहरुको सम्मानमा ताली बजाउन आह्वान गरेको हो । बिषम परिस्थितिमा सबै जना घर भित्रै रहदा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरसफाईकर्मीहरु कोरोना बिरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरिरहेकोले सम्मानका लागि ताली बजाउन आह्वान गरिएको युवाहरुले जनाएका छन् ।
तालीले अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई थप हौसला मिल्ने र मनोबल पनि उच्च हुने युवाहरुको भनाई छ ।चितवनका चर्चित सन्चारकर्मी तथा युबा मनोज घिमिरेको अनुसार फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,सरसफाइकर्मीलाई हौसलाको खाचो रहेको र तेहि हौसला प्रदान गर्न सबै युवाहरु मिलि यो कार्यक्रम गर्न लागेको बताएका छ्न।
त्यसैगरी साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटाले चितवनका युवाहरुले गर्न लागेको कार्यक्रम समाजमा फ्रन्टलाइनमा काम गर्ने विभिन्न पेसामा आबद्द नेपाली दाजुभाइ , दिदी बैनिहरुलाई सकारात्मक उर्जा दिने र यो कार्यक्रमको पुर्ण सफलताको लागि सबै नेपालका साइकल प्रेमी साथीहरुले साथ दिने बताएकी छिन।




