निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘चिसो मान्छे’ अर्को वर्ष प्रदर्शनमा आउने भएको छ। उनले फिल्म प्रदर्शनको मिति घोषणा गरेका हुन्।
अहिले निर्माण भइरहेको जानकारी गराउँदै आगामी वर्ष २०७८ भदौ ११ गते फिल्म प्रर्दशन हुने बताए। अहिलेको विषम परिस्थितिको अन्त्यसँगै नेपाली फिल्म क्षेत्रलाई पुनः चलाएन गराउन ‘चिसो मान्छे’ को काम अगाडि बढिरहेको उनले बताएका छन्।
Advertisement
केही समय अगाडि उनले ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्माण घोषणा गरेका थिए। फेसबुकमार्फत नै फिल्म रिलिजको मिति घोषणा गरेका उनले यो फिल्म नयाँ स्वाद पाइने बताएका छन्। उनकै लेखन तथा शर्मिला पाण्डेले निर्माण गर्न लागेको यो फिल्म डिएस डिजिटल प्रालिको ब्यानरमा तयार हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




