काठमाडौँ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान” भन्ने मूल नाराका साथ विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशील सरोकारवालाहरुको उत्साह बढाउने र जनमानसमा समेत विज्ञान प्रतिको रुचि र जागरणमा अभिवृद्धि ल्याउने किसिमका विभिन्न कार्यक्रमहरु आयोजना गरी आठौं राष्ट्रिय विज्ञान दिवस मनाउन गैरहेको छ ।
हालको स्थितिमा विज्ञान दिवस अन्य सालमा जस्तो भौतिक रुपमा कार्यक्रम गर्ने वातावरण नभए पनि वैज्ञानिकहरु र विज्ञान संग चासो राख्ने सरोकारवालाहरुको मनोवल उच्च राख्न फरक ढंग भर्चुवल कार्यक्रम गरी मनाउन मा.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी रुपरेखा तथा कार्यक्रम तय भैसकेका छन्।
यस अवस्थामा पनि विज्ञान सम्बद्ध संस्था, विश्वविद्यालय, निजि संस्था, समाजहरुले देखाउनु भएको उर्जा सराहनीय छ। भदौको अन्तिम सप्ताह र असोजको प्रथम सप्ताहमा क्रमसः हुने कार्यक्रमहरु मुख्यतः विज्ञान शिक्षा, कोभिड र विज्ञान, रिसर्च एण्ड डेभलपमेन्ट इनकोभिड भन्ने बिषयगत क्षेत्रहरु रहेका छन् ।
भर्चुवल मिडियावाट सातै प्रदेशमा हाजिरीजवाफ,वेविनार, निबन्ध प्रतियोगीता,विज्ञान चित्रकला प्रतियोगीता जस्ता कार्यक्रम गरिने भएको छ र कार्यक्रममा बढी भन्दा बढी विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुलाई संलग्नगर्ने प्रयास हुनेछ। विज्ञान तथा प्रविधिको विकास र अधिकतम उपयोगबाट मात्रै देशको द्रुततर आर्थिक विकास सम्भव छ भन्ने सरोकारवालाहरुलाई विश्वास दिलाउन र विज्ञान तथा प्रविधिको अधिकतम उपयोग मार्फत जनताको सम्बृद्धि र परिवर्तनको अनुभूति दिलाउने कार्य पनित्यत्ति कै चुनौतीपूर्ण रहेको हालको अवस्थामा प्रविधिकै अधिकतम प्रयोग गरेर ऐनर नीतिहरू बारे जनमानस संग समिक्षा लिने समेत भनिएको छ।
यस महत्वपूर्ण दिनमा विज्ञान तथा प्रविधिमा चाख राख्ने सम्पूर्ण विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, नीतिनिर्माता एवम् वैज्ञानिक सवैको सहयोगमा राष्ट्रिय विज्ञान दिवस, २०७७ मा सबैलाई आ-आफ्नो क्षेत्रबाट कार्यक्रम गर्न र जनचेतना बढाउन आह्वान गर्दछौं।




