मोहित मर्दन थापाको प्रस्तुतिमा वरिष्ठ गायक जगत मर्दन थापा र जुनु गौतमको स्वरमा रहेको गीत ‘दैव संजोग भेट भयो आज’ सार्वजनिक भएको छ ।
सहदेव ढुगांनाको शब्द रचना, मनोहर सुनामको सङ्गीत,एरेञ्ज र भोला पौडेलको मिक्सिङ ,रेकर्डिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडीसी मार्फत सार्वजनिक गरिएको छ ।
Advertisement
यो गीत जगत मर्दन थापाको केही समयअघि सार्वजनिक एल्वम ‘म मक्किएको धुरी खाँबो’मा समावेस छ । गायक जगतमर्दन थापाले ८४ वर्षको उमेरमा गीति एल्बम ‘म मक्किएको धुरी खाँबो’ केही समयअघि सार्वजनिक गर्नुभएको थियो ।
गायक थापाले केही समयअघि आधा दर्जन भन्दा बढी गीतको लाइभ प्रस्तुति पनि गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




