काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो।
दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका क्याप्टेन लामा र उनीसँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमण देखिएपछि दुबै जना सोल्टी होटलको आइसोलेसनमा बसेका छन्।
Advertisement
यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीकै क्वारेन्टाइनमा राखेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




