विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा परालको आगो जस्तै सल्किरहेको अवस्थामा यसैमा आधारित चलचित्र ‘कोरोना’ सार्वजनिक गरिएको छ । चलचित्रमा कोरोनाको कसरी सर्छ, यसबाट बच्न के गर्नुपर्छ ? भन्ने जस्ता सन्देश दिन खोजिएको छ । नेपालमा कोरोनाको बारेमा पहिलो चलचित्रको रुपमा यो चलचित्र स्थापित भएको छ । नेपालमा कोरोनाका बारेमा यस अघि कुनै पनि चलचित्र निर्माण हुन सकेका छैनन ।
काठमाडौको आसपासमा छायाँकन गरिएको चलचित्रमा टोटल्ली कोरोनाकै बारेमा कथाबस्तु लेखिएको छ । चलचित्रलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन भने सञ्चारकर्मी कमल फुयाँल चलचित्रका कार्यकारी निर्माता रहेका छ । सहायक निर्माताहरुमा रामचन्द्र राई, राजाराम खड्का, कुमार माझी रहेका छन । चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, अनुस्का थापा नापित, सुनिल नापित, लक्ष्मण श्रेष्ठ, खुसी श्रेष्ठ, विवेक खडका, अर्जुन श्रेष्ठ, हिरो राई, कृष्ण कुमारी खडका, विष्णुहरी रिमाल, आयुस सुनार, जयन खडका, कुमार न्यौपाने, कृष्णकुमार खडका, सिमरन राई, सविना तामाङ, अस्मिता गौतम लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई बाशु न्यौपानेले छायाँकन गरेका हुन भने अर्जुन खड्काले सम्पादन गरेका हुन । सकुन्तला माझीको कथा, यमन माझीको गीत, विक्रम गौतमको मेकअप गरेका छन भने ब्याकराउण्ड स्कोर कर्साङ लामाले गरेका छन । साथै सञ्चारकर्मी विवेक लोप्चनले मिडिया को अर्डिनेट गरेका छन । लापरबाही गर्दा कोरोनाले ज्यान लिन सक्छ भन्ने यो चलचित्रले सन्देश दिन खोजेको छ ।
हेनुहोस चलचित्रको पुरा भिडियो ।https://www.youtube.com/watch?v=QnX1zEMcXas&feature=share&fbclid=IwAR2gwS1wirprzqL45hTauq2XOv-zgOYrwF38FPUdr1HPtGMqZKcJTvU7T-E




