काठमाडौं ।कोरोना भाइरसको संक्रमणबाट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको छ।
सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत ५८ वर्षीय डा. सापकोटाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
Advertisement
कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको बिहीबार दिउँसो मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिराखिएको थियो।
डा. सापकोटालाई दुई हप्ताअघि कोरोना पुष्टि भएको थियो। ११ औं तहका सरकारी डाक्टर सापकोटा सुगरका दीर्घ रोगी थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




