चितवन । चितवन महिला च्याम्बरद्धारा जिल्ला प्रहरी कार्यालय चितवनलाई ३५० थान फेस सिल्ड सहयोग गरेको छ ।
चितवन महिला च्याम्बरकी अध्यक्ष अनुसा पाठकले प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रम मार्फत प्रहरी प्रमुख नान्तिराज गुरुङलाई फेस सिल्ड हस्तान्तरण गरेकी हुन ।
Advertisement
सो अवसरमा प्रहरी प्रमुख गुरुङले कोरोनाको जोखिममा प्रहरीलाई फेस सिल्ड अपरिहार्य भएको बताउनुभयो । उहाँले खुला मन गराएर सहयोग गरेको भन्दै अध्यक्ष पाठकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




