चलचित्र ‘लिली’ को टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित सिनेमाको टिजरमा मुख्य कलाकार कपिल मगर, सरु तामाङ , बिबेश श्रेष्ठ, भावना पाण्डेलाई स्थान दिइएको छ ।
मनसुुुधा मिडिया प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘लिली’ का निर्देशक भरत लामा हुन् । टिजर निर्देशक भरत लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
Advertisement
रिया अधिकारीको फिल्ममा स्क्रिप्ट रहेको छ। फिल्मका निर्माता बिकाश स्याङतान हुन् । फिल्ममा युबिन श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। फिल्मलाई निर्देशक लामाले नै सम्पादन गरेका छन् ।
पारिवारिक प्रेम र सफल जीवनको लागि गरिने उतार चढावलाई फिल्ममा मुख्य बनाइएको निर्देशक लामाले बताए। अवस्था सामान्य भएपछि फिल्म प्रीमियर शो र सिनेमा हलमा लाग्ने निर्माण टिमले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




