नेपालीहरुको महान् चाड वडादशैं नजिकिएसँगै कलाकारहरुले दशैं तिहारका गीत सार्वजनिक गरिरहेका छन् ।
यसै बीचमा लोक गायिका कल्पना दाहालको स्वरमा रहेको दशैं गीत सार्वजनिक भएको छ ।
Advertisement
रमेश प्रसाईं सँगको लाईभ दोहोरीबाट चर्चामा आएकी गायिका दाहालको ‘यसपालीको दशैं’ गीत बजारमा सार्वजनिक भएको छ । गायक बुद्धि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत ‘यसपालीको दशैं’ गीतमा यादव देवकोटा (सरापे) र सुशीला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयं कल्पना दाहाल र बुद्धि श्रेष्ठको पनि अभिनय रहेको छ । दिनेश मुस्कान निर्देशित गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




