चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण लक्षणको शंका लागेपछि बिहीबार स्वाब परीक्षण गरिएको थियो । बिहीबार नै आएको नतिजामा डा. अधिकारीलाई कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको पौडेलले बताए । डा. अधिकारीले लामो समयदेखि भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनको रुपमा काम गर्दै आएका थिए भने साथै पछिल्लो समय अग्रपंक्तिमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएका थिए ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




