चलचित्र ‘सोचको उडान’ युट्युबमा सार्वजनिक भएको छ । शिव विकको निर्देशनमा बनेको चलचित्र ‘सोचको उडान’ ओएस आर मुभिज नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा अभिषेक खकुराल, हेमन्त सापकोटा र राजन कँडेलको लगानी रहेको छ । चलचित्र ‘सोचको उडान’ सीए पढिरहेका विद्यार्थीहरुको जीवनमा आधारित छ ।
चलचित्रमा सुसान्त पाठक, प्रियंका पाण्डे , होनी ताम्राकार , कृष्ण कार्की , भाष्कर ओली, भुवन पाण्डे, अनिष ओली समिया कार्की, मौनता घिमिरे, कुमार पाण्डे, सनम पाण्डे, गणेश गुरुङ र सुदर्शन पाण्डे आदि कलाकारले अभिनय रहेको छ ।
सुन्दरताको धनी कलाकार सुसान्त पाठकले विभिन्न म्युजिक भिडियो, सडक नाटक तथा टेलिसिरियलमा समेत उत्कृष्ट अभिनय गर्दै आएका छन् । उनले आगामी दिनमा समेत कलाकारितामै आफ्नो छुट्टै पहिचान बनाउने योजनामा रहेको बताए । पाठक मेहनती कलाकार मध्ये गनिन्छन् ।




