चितवन । लक्की मिडिया हाउस चितवनद्धारा सञ्चालित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको अनलाईन संस्करण इ चितवन खबर डट कमको अलनाईन संस्करणको शुभारम्भ गरिएको छ । पत्रिकाले आफ्नो दशौं बर्षको प्रवेश गरेको अवसरमा अनलाईन संस्करणको शुभारम्भ गरेको हो । आज भरतपुरमा आयोजित एक कार्यक्रमका बीच अनलाइन न्यूज पोर्टल शुरु गरिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले जानकारी दिए । सो अवसरमा बोल्दै कार्कीले सूचना प्रविधिको विकास संँगै जनतालाई छिटो भन्दा छिटो सूचना तथा समाचारको पहुंँच पु-याउने उद्धेश्यले अनलाईन संस्करण थपिएको बताए । ‘पछिल्लो समय पाठक दर्शक, श्रोताको क्रेज बढ्दो छ, उनले भने, उहाँहरुको माग र आवश्यकता पनि हो ।’ अनलाइन संस्करणलाई फरक तरिकाले प्रकाशन गर्न लागिएको भन्दै कार्कीले यसले चितवनका बिषय बस्तुलाई बढी प्राथमिकता दिने बताए । उनका अनुसार अनलाइन संस्करणमा नयांँ फिचर, बिषय, खोजमुलक सामाग्रीको साथै आवाज विहीनको प्रतिनिधित्व गरिनेछ ।
मिडिया हाउसले छोटो समयमै आफ्नो प्रकाशन चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकालाई रंगीन बनाई आम पाठकको मन जितिसकेको छ । विगत ९ बर्ष अघि मिडिया हाउसले पत्रिका प्रकाशनको अलावा विभिन्न इभेन्ट शो, बिज्ञापन एजेन्सी तथा समाजसेवा लगायतका कामहरु पनि गर्दै आएको छ । अनलाईन संस्करण शुरु भए संँगै मिडिया हाउसले विगतका कामहरुलाई पनि संँगै अघि बढाउंँदै लैजाने महाप्रबन्धक कार्कीको भनाई छ ।
आजबाट इ चितवन खबर डटकमको शुभारम्भ, चितवन खबर दशौं वर्षमा प्रवेश
आजबाट इ चितवन खबर डटकमको शुभारम्भ, चितवन खबर दशौं वर्षमा प्रवेश
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




