सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्रीले नयाँ गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गर्न लागेका हुन् ।
बिमल चौतारी युटुब च्यानलमा यस गीतको टिजर सार्वजनिक गरिएको छ । पूर्ण गीत भने माघ ७ गते रिलिज हुनेछ । यस गीतमा बिमलराज क्षत्रीको स्वर रहेको छ भने उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा साथ दिएकी छिन् । सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् ।
Advertisement
सोही गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा चर्चित कलाकार चेतबहादुर सिंह “राजा”, नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




