चार वर्षदेखि चलचित्र अभिनयबाट टाढा रहेका अभिनेता राजेश हमालले नयाँ चलचित्र साइन गरेका छन् । उनले यसै हप्ता चलचित्र ‘सत्यम्’ साइन गरेका हुन् ।
निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो चलचित्र गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रमा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त छ ।
Advertisement
चलचित्रमा अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् । चलचित्रमा उनी भिलेनको रुपमा प्रस्तुत हुनेछन् । यसअघि चलचित्र ‘सौर्य’ मा एकसाथ काम गरेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ । चलचित्रका लागि अहिले दुवैले आफ्नो लुक्स परिवर्तनमा मेहनत गरिरहेका छन् । चलचित्रले नेपाली समाजभित्रको एक नायकको कथा भन्नेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




