प्रवेश पौडेलको निर्देशनमा चलचित्र ‘बिहे पास’ बन्ने भएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
दुवैले चलचित्रका लागि लिखित सम्झौता गरिसकेका छन् । चलचित्रका लागि अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी छ ।सामाजिक विषयवस्तुमा बन्न लागेको यो चलचित्र कमेडी शैलीको हुनेछ । रोहित कट्टेलको प्रस्तुति रहने चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह-निर्माता ग्याल्जेन लामा हुन् ।
Advertisement
‘आरआर फिल्म प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन चैत पहिलो साताबाट सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




