चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकन चलिरहेको छ । माघको पहिलो सातादेखि चलचित्रको पोखरामा छायांकन भइरहेको छ ।
चलचित्रको छायांकन सेटबाट केही तस्वीरहरू सार्वजनिक भएका छन् । सार्वजनिक तस्वीरमा चलचित्रमा मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ । चलचित्रलाई अझै एक साता पोखरामा नै खिचिनेछ । त्यसपश्चात् काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ ।
Advertisement
चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा रोहित, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । प्रविण झाको निर्देशनमा बनिरहेको चलचित्रलाई महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । चलचित्रमा राजकुमार भट्टको पनि लगानी छ । बीपीका खनालको कथा रहेको चलचित्रको पटकथा र संवाद केदार भुसालले लेखेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




