मानिसको शरीर स-साना कोषहरु मिलेर बनेको हुन्छ । जब तेस्ता कोषहरुको विभाजन अनियन्त्रित तरिकाले हुन जान्छ वा कोषिकाहरुलाई नियन्त्रण गर्ने क्षमत हाम्रो शरीरमा कम हुदै गएको अवस्थामा ट्युमर (Tumor) देखा पर्न सक्दछ। ट्युमर पनि दुइ प्रकारको हुने गर्दछ । Benign Tumor र Malignant Tumor l Benign Tumor को जोखिम शरीरमा कम हुने गर्दछ भने Malignant Tumor शरीरको विभिन्न कोषिकाहरुमा असामान्य तरिकाले फैलिएर शरीरलाई हानी पुराउने सम्भावाना धेरै हुन्छ। त्यस्ता Malignant Tumor हरुलाई क्यान्सर रोग भनिन्छ।
मानिसमा के भ्रम छ भने क्यान्सर रोग लाग्ने बितिकै त्यो मानिसको मृत्यु हुन्छ भन्ने छ। त्यो गलत हो क्यान्सर देखिएका मानिसहरुमा पनि पहिलो चरणको क्यान्सर हुदा रोगको निदान गर्न सके १००% निको पार्न सकिन्छ। आउनुहोस ! क्यान्सरका चरणहरुको बारेमा पनि जानी राखौ ।
क्यान्सरका चरणहरु : (Stages of Cancers )
१. पहिलो चरण (first Stage)
२. दोश्रो चरण (Second Stage)
३. तेश्रो चरण (Third Stage)
४. चौथो चरण (fourth Stage)
पहिलो चरणमै क्यान्सर रोग पत्ता लाग्यो भने बिरामीलाई शत प्रतिशत निको पार्न सकिन्छ। त्यसै गरि दोश्रो चरणमा पत्ता लागेका बिरामीहरुलाई पनि निको पार्न सकिन्छ तर यो चरण बिरामीहरुका लागि धेरै नै खर्चिलो र उपचार गराउने समय पनि लामो हुने गर्छ। त्यस्तै गरी तेश्रो चरणका बिरामीहरुलाई रोगबाट निको पार्न नसक्ने भएनी उनीहरुको जीवनकाल केहि समयका लागि बढाउन सकिन्छ। त्यस्तै गरी चौथो चरणमा रहेका बिरामीहरुलाई रोगका कारण उत्पन्न हुने अन्य समस्याको ब्यबस्थापन गर्न सकिन्छ। समस्याहरुलाई ब्यबस्थापन गर्ने सेवालाई प्रशामक सेवा भनिन्छ।
क्यान्सर रोगका केहि लक्षणहरु :-
* लामो समय सम्म जरो आउनु ।
* निको नहुने खोकी अथवा धोक्रे शोर हुनु ।
* निको नहुने घाउ देखिनु ।
* अत्यधिक रक्तस्राबको पिप आउनु ।
* अत्यधिक तौल घट्नु ।
* दिशा कब्जियत हुनु अथवा पटक पटक दिशा आउनु ।
* अपच अथवा निल्न गारो हुनु ।
* कोठी अथवा मासुका डल्ला हरु देखिनु परिवर्तन हुनु आदि ।
क्यान्सरको उपचार विधिहरू :-
१. केमोथेरापी
२. रेडीयसनथेरापी
३. सर्जरी
४. हर्मोनलथेरापी
५. टार्गेटेटथेरापी
६. इम्युनोथेरापी
केमोथेरापी भन्नाले क्यान्सरका कोष तथा कोषिकाहरुलाई मार्न वा कम गर्नलाई प्रयोग गर्ने औषधि बुझिन्छ। यस्ता औषधिहरु रगत तथा मुखबाट दिन मिल्दछ। त्यसै गरी रेडियोथेरापीलाई सेकाइ पनि भन्ने गरिन्छ। क्यान्सर लागेको भागमा वा त्यस अंग वरिपरिका भागहरुमा विकिरण पद्दतिबाट सेकी उपचार गरिन्छ। सर्जरी भन्नाले क्यान्सर लागेको भाग अथवा अंगलाई काटेर फाल्ने बिधि बुझिन्छ। यो बिधि सरल र अरु भन्दा भरपर्दो बिधि मानिन्छ। कुनै कुनै क्यान्सरहरु शल्यक्रिया पछि अन्य उपचार गर्नु पर्दैन। त्यसरी नै विभिन्न हर्मोनको प्रयोग गरेर उपचार गर्ने विधिलाई हर्मोनलथेरापी भनिन्छ। अनि टार्गेटेटथेरापी भन्नाले क्यान्सर फैलाउने कोषहरुमा गही त्यस्ता कोषलाई नस्ट गर्ने औषधिहरुलाई टार्गेटेटथेरापी भनिन्छ। यिनीहरूलाई Mono Clonal Antibody पनि भन्ने गरिन्छ। यस्ता नयाँ प्रकारका औषधिहरु केमोथेरापी भन्दा छिटो कम गर्ने र औषधिको Side Effect हरु पनि कम देखिने खालका हुन्छन। त्यस्तै गरी इम्युनोथेरापी भन्नाले क्यान्सर रोक्ने क्षमतालाई बढाउने विधिका रुपमा बुझ्न सकिन्छ ।
थप जानकारी तथा क्यान्सर सम्बन्धि शंका लागेमा तुरुन्त डाक्टर तथा क्यान्सर रोग परामर्शदाताहरु संग चेक जांच अनि सल्लाह लिनु पर्दछ l
(लेखक : फार्मेशी आधिकृत, स्वास्थ्य सेवा बिभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय )




