गुरु ब्रहमा ! गुरु विष्णु ! गुरु देवो महेश्वर ! गुरु साक्षात् परंम ब्रहमा तस्मै श्री गुरु देवो नम !!
‘म’ शिक्षक ! अनेक उपनाम र भुमिकाले परीचित, ब्रहमा ! विष्णु !! महेश्वर !!! याने गुरु, अभिभावक, निरिक्षक, सहजर्कता, परार्मशदाता, उत्पे्ररक, पथप्रर्दशक, कुशलव्यवस्थापक, प्रष्टवक्ता, कलाकार, अभिनयकर्ता , कालीगढ, डिजाइनर, रोलमोडल, माली…….।
‘म’ शिक्षक ! मानवजिवन र सामाजिकअनुशासन सँग दैनिकजिवननियतिअनिभोगाइका युद्धकौशल रुपिजिवनकौशलताको सिपसिकाउनेआर्दश पुरुष कृपाचार्च ! शंकराचार्य ! दोणाचार्य ! अनि सिद्धार्थ वुद्ध !
‘म’ शिक्षक ! मेरो खास वादभनेको शिष्यवाद, अभिभावकवाद, सत्यवाद, प्रगतिवाद, प्रयोगवाद, दर्शनवाद, यर्थातवाद, अनुशासनवाद, प्रकृतिवादमाआधारीत अध्यात्मकवादआदीआदि ।
समाजका हरेक आँगनमा छरपष्ट अनेकौ गोला–वाटुला–लाम्चा–चुच्चे ‘ढुङ्गा’ हरुलाई धुलो टकटक्याउँदै सिकाईकाे ‘हम्मर र छिनो’ को निरन्तर अमिट स्पर्शले ‘सजिवमूर्ति’ बनाउने कालिगढ ‘म’ शिक्षक ! अवोध मनुष्य मूर्तिलाई सरस्वतीको मन्दिरमा सजाएर सिकाइमन्त्रहरुले मन्त्रोचारण गर्दै निरन्तर –निरन्तर निस्वार्थताको पृष्ठपोषणले अभिषेक गरीरहने पूजारी ‘म’ शिक्षक ! शिक्षा रुपीमन्दिरको मूलपोरोहित ! गुरु !!
भावि कर्णधारकालागीनिर्मीत सिकाइको ‘होमन कुण्डमा ’ ममता–स्नेह–खुशी–उद्देश्य–अनुशासन–आँट–त्याग–जागर–जोश–होश–उपदेश…… काहजारौ “समिदार चरु”होम गरी न्यानो सेकताप गराइरहने दोस्रो वाबु ! अनि दोस्रो आमा ! ‘म’ शिक्षक ! जसलाई शिर देखि नै कोटी–कोटी दण्डवत छ ।
‘म’ शिक्षक ! विगतको त्याग,सर्मपण र अनुभवलाई फर्केर हेर्दा, हिजोको त्यो मेरो ‘सेवागत’ गुरु प्रयत्ननिरन्तर आफू बलेर शिष्यलाई उज्यालो दिने ‘मैनवत्ती’आँफू डुवेरअरुलाई जङ्गघार तारीदिने ‘वोटे’ चेतनाको प्राण भएको स्वचालित मेशिनआविकार गर्ने ‘वैज्ञानिक’ ‘म’ शिक्षक ! आफ्नै ज्ञान वुद्धिले स्वचालितशिष्य , हिजोको ‘म’शिक्षक !वि‘म’ शिक्षक ! मार पर्दा या मृत्यु हुँदा टाउको मुण्डन गरी दुई छाक निलाहार बस्ने आर्दश शिष्यदिक्षितगर्ने आर्दश पुरुष । स्वदेश कै लागी थोरै तर गुणस्तर यूक्त जनशक्ति उत्पादन गर्ने एक सक्षम ‘उद्योग’ ।
‘म’ शिक्षक ! तर ! आज । ‘म’ शिक्षक ! त्यो ‘सेवागत ’ गुरु प्रचत्नबाट परीमार्जित भई अक्षरकादाना बेच्ने ‘पेशागत’व्यापारी भएको छु । मलाईत्यो मैनवत्तीउज्यालोको भावथाहाहुन छाडी सक्यो । मैले जङ्गघारको गहिराई नाप्न छाडी सके । आजकल मेरा उत्पादनका मेशिनहरु स्वाचालित– स्वावलम्बीहुन छाडी सके । ति त परीचालिनमात्र छन् । मेरा शिष्यहरु प्रहाद – एकलम्वे – अर्जुन ….. जस्ता पनि छैनन् ।मेरा शिष्यहरु “गुँड र गोबर ” छुट्याउन सक्दैनन् !
हिजो ति छाक बार्नेशिष्यहरु आज ‘म’शिक्षकको मृत्युको खबर आँउदाविद्यालयचौरमाओ क् हो ! आजविदा ! आजविदा !! भनि उफ्रन्छन् । स्वदेशीश्रमकालागीसर्मपितनागरीकतयार गर्न छाडे आजकल ‘म’शिक्षक ! वैदेशिक रोजगारी काजन शक्ति उत्पादन गर्ने जिर्ण उद्योग भएको छु । विद्यालय, समाजजताततै ‘म’ शिक्षक ! Educator हुन छाडेर Teacher र Instructor हुन थालेको छु ।
प्रविधिमापोख्न ‘म’शिक्षक ! ‘टिकटके’ र ‘सेल्फी ’ शिक्षकमा बढोन्नतीभएको पनिछु कहीकतै आजकाल । शिष्यको त्यो बाल मानसपटल को तिक्ष्ण मस्तिष्कको स्मरण ूशक्तिलाई उत्प्रेरणा जगाउन छाडेर विधुतिय Memory Card Reference गर्न सिकाउँदै छु । आजकल ! सायदकान समाउन छाडेर कागको पछाडी ……… जस्तै गरी । ‘म’ शिक्षक !
गुणस्तर ! गुणस्तर !! गुणस्तर !!! खोज्न हिडेको कयौ शैक्षिकवर्ष भयो आजसम्म । राज्य र शिक्षानिकायको निर्देशनमावि. व्य . स. र स्टाफ बैठक पुस्तिकामा सयौ कलमखर्चेर लिपिवद्ध तिपंक्तिहरुले वृहत शैक्षिक दस्तावेज नै तयार गरेको े छु ‘म’ शिक्षक ! तर , त्यो सर्वव्यापी गुणस्तर खोज्न पाठ्यपुस्तका हर पाना – पाना पल्टाइरहेको छु हर दिन हर घन्टी । तर ! ‘गुणस्तर’ को मर्म र अर्थ अझै वुझन् सकेको छैन, ‘म’ शिक्षक !
वि. व्य. स. को राजनितीकनिगाहा, प्रशासनको हुकुमी शैली र ‘म’शिक्षक ! को जागीरे दैनिकीले त्यो गुणस्तरको क्षितिजपुग्ने यात्रा सम्भवहोला त रु ‘म’शिक्षक ! को ‘Yes Man’ मनोवृत्तिले गर्दा शिक्षालयमा हैकमचलाउनेहरु कै भौतिक छायाँको शितलताताप्ने बानी परेको त होइनरु ‘म’ शिक्षक ! ले मेरो प्रमाण पत्र योग्यता, अनुभव, दक्षता, कला – कौशलता र स्वभिमानलाई विद्यालय व्यवस्थापनमा हुने राजनितिक उपद्रो एवं सिमित ‘डनवादी’ कू–संस्कार र प्रकृतिको पोल्टामा लिलाम गरेको त छैन ?
यदि ‘म’ शिक्षक ! सक्षम – निपूर्ण छु र हुँभने, शिक्षक सेवाआयोगबाट मूल्याकितभई राज्यले “राष्ट्र सेवा”कालागी सपथखुवाएर जिम्वेदारी सुम्पेको छ भने ‘म’ हरेक व्यक्तिवादीचरीत्र र पात्रहरुलाई पराजितगर्दै वास्तविक शैक्षिक सरोकारवाला (विद्याथी, अभिभावक, प्रशासन र स्थानियनिकायहरु सँगै मात्र जवाफदेहीका साथ नतमस्तक हुनु अपरिहार्य छ ।
‘म’ शिक्षक ! मेरो कार्यक्षेत्रमा “समस्या र समाधानको अन्तर सम्वन्ध सगैँ सिकाइ र अनुभवको प्रतिफलचुम्बनगर्ने तृष्णाको प्रशान्त सागर” बन्ने अमिट अभिलाशा सहित कर्तब्य निष्ट बन्न सकूँ ।
अन्त्यमा, ‘म’ शिक्षक ! शिष्यहरुको सिकाई गुणस्तरलाई “अंक र अक्षरका डल्ला”जोख्ने परम्परालाईे क्रमभङ्गगर्दै उनिहरुको अन्तरनिहित मानविय व्यावहार भित्र उनिहरुको दैनिक कृयाकलापका सकारात्मक परीर्वतनभित्र गुणस्तर खोज्ने, मापनगर्ने र नाप्ने प्रतिवद्धता सँगै एक असल ‘गुरु’बन्ने प्रण –प्रतिज्ञा गर्नु छ ‘म’ शिक्षक ! ले ………
(लेखक: शरदपुर माध्यमिक बिधालय चितवनका शिक्षक हुनुहुन्छ )




