सर्लाही ।
सर्लाहीको लालबन्दी बजार टमाटरको लागि प्रसिद्ध छ । यहाँ उत्पादित टमाटरसहितका ताजा तरकारी राजधानीसहित देशका ठुला सहरसम्म पुग्ने गर्छ । आन्दोलनका क्रममा बजारमा थोक तरकारीको किनबेच पूर्णरूपमा बन्द गरि आन्दोलनरत पक्षले लालबन्दी स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहीबार बिहान झण्डै ३ घण्टा राजमार्ग अवरोध गरेका थिए ।
लालबन्दी बजारबाट वर्षेनी अबर भन्दा बढीको ताजा तरकारी निकासी हुने गरेको छ । तर तरकारी किन्ने र बेच्नेको सधैं भीडभाड हुन कृषि थोक बजारका ब्यापारीहरुले बिहिबार बिहानदेखि अनिश्चितकालिन आन्दोलन गरिरहेका छन । सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी बजार मधेस प्रदेशमा हरियो तरकारीको हब सर्लाहीको लालबन्दी बन्दै गएको छ ।
ताजा तरकारीको निकासीमा लालबन्दि नगरपालिकाले लगाउँदै आएको निकासी कर हटाउनु पर्ने माग राख्दै लालबन्दी नगरपालिकामा भएको छलफल निष्कर्ष बिहिन भएपछि ब्यापारिहरुले आन्दोलीत भयका हून । ताजा तरकारी किनबेच नै नहुने भएपछि त्यसको प्रत्यक्ष असर किसानहरुमा पर्ने भएको छ । आन्दोनलनको घोषणा गर्दै व्यवसायीले तरकारी किनबेच नगर्ने भएपनि किसानको तरकारी बारीमै कुहिने निश्चित जस्तै भएको छ । यसको जिम्मा नगरपालिकाले नै लिनु पर्ने व्यवसायीहरुले बताएका छन् । ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले ताजा तरकारीमा नगरपालिकाले लगाएको निकासी करको विरोधमा तरकारीको किनबेच नै बन्द गरेर विरोधमा उत्रिनु परेको आन्दोलन रत व्यवसायी संघका प्रतीनीधी प्रेम घिसिङ्ग बताउनुभयो ।

बिगत ५ वर्षदेखि नगरपालिकालाई निकासी कर हटाउन आग्रह गर्दै आएको तर सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघका अध्यक्ष दरेश चौधरी बताए । उनका अनुसार अन्य नगरपालिकाहरूमा यस्तो कर नलाग्ने भए पनि लालबन्दीमा मात्र जबर्जस्ती कर लादिएकाले किसान र व्यवसायी दुवै अन्यायमा परेको अवस्था छ ।

लालबन्दीबाट हरियो खुर्सानी, भन्टा, करेला, सिमी, घिरौला, काँक्रो, बन्दकोभी, बोडी,लौका,परबल,टमाटर,चिप्लेभीन्डी,राजमा लगायतका तरकारीको निकासी हुँदै आएको छ । लालबन्दी बजारबाट थोक तरकारी सर्लाहीकै विभिन्न हाट बजारसम्म पुग्नुका साथै काठमाडौँ, वीरगंज, पोखरा, नारायणगढ, जनकपुर, सिन्धुली, बुटवललगायत अन्य सहर तथा बजारसम्म पुग्ने गरेको छ । लालबन्दी रहेको कृषि थोक बजार सर्लाहीकै ठूलो तरकारी बजार हो ।
व्यवसायीहरुको आन्दोलनलाई आफूहरुले पनि समर्थन गरेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले बताउनुभयो । निकासी करका कारण बाहिरी बजारहरुमा जाने तरकारी महंगोमा बेच्नु परेको महंगो दाम परेपछि यहाँबाट गएका तरकारी नबिक्दा व्यवसायीलाई मार परेको बताउनुभयो । व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकोले माग सम्बोधन गर्न आफूहरुले ज्ञापनपत्र मार्फत नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत अटेर गरेपछी आन्दोलनमा गर्नू परेको थोक बजार व्यवसायीहरु बताउ छन ।

लालबन्दीलाई मधेस प्रदेशमा गोलभेंडा उत्पादन गर्ने सहरकोरुपमा पनि चिनिन्छ । ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघले नगरपालिकालाई निकासी कर नहटाय सम्म आन्दोलनको घोषणा गरेको छ । व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकोले माग सम्बोधन गर्न आफूहरुल आन्दोलनको घोषणा ब्यबसाइहरु बताउ छन ।




