प्रेमनाथ पौडेल
भाद्र ३०, नवलपुर
सर्लाहीको लालबन्दी–१, नवलपुरमा अवस्थित नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष ओम कुमारी गौतमको अध्यक्षतामा नन्देश्वर महादेव मन्दिर परिसरमा भव्यरुपमा सम्पन्न सभामा संस्थाकी उपाध्यक्ष तारा देबि थपलियाले स्वागत मन्तव्य राखेकी थिइन्।
सभामा संस्थाकी सचिव सुनिता बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले १४ करोड ३७ लाख २९ हजार २१ रुपैयाँ कारोबार गर्दै ३४ लाख ९० हजार २ सय १२ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको जानकारी दिइन्।
यसअघि हरेक वर्ष उद्घाटन र समापन सत्र गरी सभा सम्पन्न गर्ने परम्परा रहँदै आएकोमा यसपटक भने उद्घाटन सत्र नगरी प्रत्यक्ष बन्द सत्रमार्फत सभा सम्पन्न गरिएको संस्था की व्यवस्थापक कविता कार्कीले बताइन्।
२०५९ साल श्रावण १४ गते सहकारी डिभिजन कार्यालयमा दर्ता भई आर्थिक कारोबार शुरु गरेको यस सहकारीमा हाल २,२८० जना महिला शेयर सदस्य रहेका छन्। संस्थाले १ करोड ३७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको शेयर पुँजी संकलन गर्न सफल भएको छ। आफ्नै भवनमार्फत कम्प्युटर सफ्टवेयरद्वारा सेवा प्रवाह गर्दै आएको यस सहकारी प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा परिचित छ।

सभामा सहभागी सदस्यहरूले महिला सहकारीलाई करको दायराबाट बाहिर राख्नुपर्ने तथा महिला नेतृत्वमा सञ्चालित सहकारीलाई विशेष सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ,सभा मा संस्थाकी संस्थापक अध्यक्ष गंगा माया खडका ,सदस्य सुमित्रा देबि राम ,बिमला मोक्तान लगायत ले आ आफ्नो धारणा राखेका कार्यक्रम सञ्चालन संस्थाकी कोषाध्यक्ष बिणा थिङ्गले जानकारी थिइन्।
संस्थाले सदस्यहरूको हितका लागि विभिन्न बचत योजना, सरल तथा सुलभ ऋण प्रवाह, तीज विशेष कार्यक्रम, वित्तीय साक्षरता, तीर्थाटन भ्रमण, रेमिटेन्स सेवा तथा विद्युतिय माध्यममार्फत रकम भुक्तानी सेवा जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी पनि दिइएको थियो।।
नन्देश्वर महिला बचत तथा ऋण सहकारीले महिलालाई आत्मनिर्भर बनाउन र सहकारी आन्दोलनलाई सशक्त बनाउन उल्लेखनीय योगदान दिंदै आएको छ।







