सर्लाही ।
जेनजी प्रदर्शनका क्रममा सर्लाहीका स्थानिय तह गाउपालीका र नगरपालीकाको भवनदेखि वडा कार्यालयहरूसम्म आगजनी भयो । कर्मचारीको सवारी साधन पनि जल्यो । नगरपालीका र गाउपालीका कार्यालयदेखि वडाहरू समेतमा क्षति पुगेको छ । जेनजी पुस्ताको आन्दोलनमा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी हुँदा पूर्ण क्षति ४७ करोड २० लाख, आंशिक क्षति १४ करोड ३० लाख र सामान्य क्षति दुई करोड पाँच लाखसहित ६३ करोड ५५ लाख बराबरको क्षति भएको जानकारी दिए ।
जिल्लाका २० पालिकामध्ये छवटा पालिकामा पूर्ण क्षति, दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको क्षतिको प्रारम्भिक विवरणमा उल्लेख छ । विवरण अनुसार लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा पूर्ण क्षति पुगेको छ ।
सर्लाही जिल्लामा सबैभन्दा धेरै क्षति भयको स्थानीय तहमा लालबन्दी नगरपालिकामा १७ करोड ईश्वरपुर नगरपालिकामा १२ करोड, बरहथवा नगरपालिकामा १० करोड, हरिपुर नगरपालिकामा दुई करोड ७५ लाख, हरिपुर्वा नगरपालिकामा दुई करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा तीन करोड एक लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनूमान गरियको सर्लाही सहायक प्रमूख ज्ल्लिा अधिकारी शिव हरि पोखरेल जानकारि दीनूभयो ।
आंशिक क्षति पुगेको हरिवन नगरपालिकामा १० करोड चार लाख, बागमती नगरपालिकामा तीन करोड ७५ लाख, सामान्य क्षति पुगेको ब्रह्मपुरी गाउँपालिकामा १६ लाख, मलङ्गवा नगरपालिकामा छ लाख र पर्सा गाउँपालिकामा १२ लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रादेशिक कार्यालयतर्फ सामान्य क्षति पुगेको कृषि ज्ञान केन्द्र मलङ्गवामा १५ लाख, सङ्घीय कार्यालयतर्फ आंशिक क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ सर्लाहीमा ४८ लाख र हुलाक कार्यालय लालबन्दीमा तीन लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सूचना अधिकारी एवंम प्रहरि नायब उपरिक्षक सरोज राई बताए ।
सङ्घीय सरकार मातहतकै सामान्य क्षति पुगेको नेपाल प्रहरीका विभिन्न युनिटहरुमा एक करोड ४५ लाख, सशस्त्र प्रहरी बलका विभिन्न चेक पोष्टमा छ लाख र सर्लाही जिल्ला अदालतमा पाँच लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जेनजी आन्दोलनमा निजी सम्पत्तिमा भएको भौतिक तथा आर्थिक क्षतिको सम्वन्धमा विवरण सङ्कलन हुनेक्रम जारी रहेको सर्लाहीका सहायक प्रमूख ज्ल्लिा अधिकारी शिव हरि पोखरेले बताए । प्रारम्भिक क्षतिको विवरण सङ्कलन भएसँगै स्थानीय प्रहरी, प्रशासन दोषी व्यक्तिको पहिचान गर्ने र कारवाही अघि बढाउने काममा लागेका छन् ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवंम प्रहरि नायब उपरिक्षक सरोज राईले जेनजी आन्दोलनको नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेर क्षति पुर्याउने व्यक्तिको पहिचान गर्न फोटो, भिडियो सङ्कलन गर्ने काम भइरहेको बताए ।




