सर्लाही । मधेश प्रदेशको सर्लाही सहितका जिल्लामा तीन दिनदेखिको निरन्तर वर्षाले पाकेको धानवबालीमा अत्यधिक क्षति भएको छ । भित्र्याउने तयारी अवस्थामा रहेको बेला धानबालीमा बेमौसमी वर्षाले क्षति पुगेको हो ।
असारको महिना ‘मानो खाएर मुरी उब्जाउने’ सुनौलो समयमा सर्लाहीलगायत तराई–मधेशका किसानहरू गम्भीर चिन्तामा परेका थिय । बर्षा नहुँदा सर्लाहीका किसानले समयमा रोपाइ समेत गर्न पाएका थियनन् । पानी अभावले धानको ब्याडमा लगाइएको बीउसमेत सुकेका थिय । वर्षा नभएका कारण साउन सुरु हुँदा समेत उल्लेख्य रूपमा रोपाइँ हुन सकेको थियनन् । किसान पानी तान्ने मोटर,दमकल तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर साउनको पहिलो हप्ता देखी सर्लाहीमा रोपाइँ गरिरहेका किसान अहिले खेत पानीले भरिएको छ, एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले भिजाउदा किसान किसानको चिन्तीत छन ।
वर्षाले सर्लाहीमा पाकेको धानबालीमा क्षति पुगेको छ । वर्षा र हुरीले पहेँलपुर भएर पाक्न लागेको धान ढलाएको किसान रमेश आर्चायले बताए ।
काटेको धान भित्र्याउन नपाउँदा यो वर्ष धानको उत्पादन घट्ने उहाँको अनुमान छ । धान काटेपछि घाम नलाग्दा र निरन्तर पानी पर्दा सर्लाहीलगायत देशैभरिका किसान पिरमा छन् । भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि किसान चिन्तित छन् । किसानको मुख्य बाली धान हो । धान स्याहार्ने अवस्थामा बेमौसमी वर्षा हुँदा किसानलाई चोट परेको छ ।
तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गरेका किसान अविरल वर्षाले धान खेतमै भिजेको छ । अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । काटेर खेतमा सूकायका धानमा अहिले उम्रन लागेका र उम्रेका किसान शिब नारायण दनूबार बताउ छन । काट्न बाँकी धानको पनि पानीले बाला झारेको छ । बेमौसमी बर्सातका कारण वर्षभरिको मेहनत खेर जाने आम किसानको चिन्ता छ ।
असारको अन्त्यसम्म वर्षा नहुँदा मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । सोही बेला संघीय सरकारले मधेशलाई संकटग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको थियो । त्यस बेला पनि किसानले राहत पाएनन् । पहिले मौसमले साथ दिन्थ्यो, सरकारले नदिँदा खासै फरक पर्थेन । अहिले प्रकृतिले पनि साथ दिन छाड्यो । धानको बोट लडेपछि धान सबै भुइँमा झर्छ, पछि परालसमेत कालो हुन्छ, गाईवस्तुले खाँदैनन् । जताबाट पनि किसानलाई घाटा छ ।
धान भित्र्याउन नसकेको मात्र हैन किसानहरूले अर्को खेतीको लगाउन पनि पाएका छैन्न । सर्लाहीका किसानहरूले धान काटेपछि प्राय ः गहुँ, मकै, उखु, तोरी, आलु, र काउलीजस्ता बाली लगाउने गर्छन् । तर यसपालि खेतमा पानी जमेकाले गहुँ र हिउँदे मकै रोप्ने तयारीमा रहेका किसानहरू समस्यामा परेका छन् । उचाइ भएको खेतमा लगाइएका तरकारी बालीमा त्यति ठूलो क्षति नभए पनि, गहिरो जमिनमा लगाइएका तरकारी डुबानमा परेका कृषि ज्ञान केन्द्र मलंगवाका सूचना अधिकारी सिमा काकी बताउ छिन ।
सर्लाही जिल्लामा करिब ३९ हजार ४ सय ९० हेक्टर जमिनको करिब १ हजार हेक्टर क्षति पुगेको कृषि ज्ञान केन्द्र मलंगवाले अनूमानित तथ्याङ्ग बताएको छ । न्यूज रितीक अधिकारी बाट




