सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने निर्णय गर्दै देशव्यापी सांगठनिक अभियान सञ्चालन गर्न लागेको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस निर्णय गरेको हो ।
पेरिसडाँडाको बैठकले देशभरका सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय लिएको छ । पार्टीका अनुसार, यस अभियानले नीति तथा विचार जनस्तरसम्म पुर्याउने, पार्टीभित्रको एकतालाई सुदृढ गर्ने र आम कार्यकर्ता तथा जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ ।

पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ कि बैठकले घोषित निर्वाचन तयारी सम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले पार्टी मातहतका सबै जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई आआफ्नो तहको पार्टी कमिटीसँग समन्वय गरी जनपरिचालन सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएको प्रेस नोटमा भनिएको छ ।
पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाद्वारा जारी प्रेस हेनूहोस





