सर्लाही ।
लालबन्दि प्रहरीले सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
सर्लाहीको लालबन्दिमा पर्ने चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरि प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातभर प्रहरी टोली तैनाथ भएको प्रहरी टोलीले सोमबार बिहान करिब ५ बजेतिर लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा इलाका प्रहरी कार्यालय लालबन्दी बरामत गरेको छ ।
गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठसमेत पक्राउ परेका छन् । लखन्देही खोलाको बाटो हुँदै गाँजा ल्याइँदै गरेको सूचना पाएपछि लालबन्दि प्रहरी टोली लालबन्दी ६ को शिव मन्दिर आसपासमा बाटो ढुकेर बसेको थियो ।
भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्वरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो । प्रहरीका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको हो ।
पक्राउ परेका श्रेष्ठ अटोमा सवार रहेका थिए । मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले बतायो । सर्लाही प्रहरिका अनूसार लागुऔषध गाँजा सहीतका थप जानकारि अनूसन्धान पछी जानकारि गराउने जिल्ला प्रहरि कार्यालयका सूचना अधिकारी एवंम प्रहरि नायब उपरिक्षक सरोज राईले बताए ।




