सर्लाही । लालबन्दी १६ परवानीपुरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएको छ ।

लालबन्दी १५/१६ स्थित पुष्पलाल स्मृति पार्कमा रहेको सभा हलमा संस्थाका अध्यक्ष हेम बहादुर कार्किको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाले आफ्ना असल बचतकर्ता ६५ जना, असल ऋणी १५ जना सम्मान गरेको छ भने लालबन्दी १५/१६ का अति बिपन्न ३ जनालाइ सहयोग गरिएको छ भने डिम जनता मा बी का ६ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री पनि बितरण गरेको छ ।

हिजो सम्पन्न साधारण सभाका प्रमुख अतिथि जेष्ठ नागरिक तथा संस्थाका सेयर सदस्य लाल बहादुर भन्डारी, बिशिस्ट अतिथिमा लालबन्दी १६ का वडाध्यक्ष गणेश थापा, कृष्ण गौतम थिए भने कार्यक्रमका संचालक संस्थाका ब्यबस्थापक हेम गौतमले गरेको थिए ।

हालसम्ममा संस्थाका सेयर सदस्यहरुमा महिला ४४२, पुरुष ५३४ कुल ९७६ जना छन । संस्थाको २०८२ साल असार मसान्तसम्मको आम्दानी ५६,८७, ५३४.४९ छ भने खर्च ३३,१८,४१७.३४ त्यस्तै २२,६९,११७.१४ खुद मुनाफा आर्जन गरेको प्रवन्धक गौतमले बताए ।











