सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएका ।
बिहीबार बेलुकी साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा पर्ने क्षेत्रमा कफ्र्यु आदेश जारी ।
सर्लाही । सिन्धुलीमा कफ्र्यु आदेश जारी भयको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका वडा नम्बर ४ धुराफाँटमा ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कफ्र्यु आदेश जारी गरेको हो ।
बिहीबार बेलुकी साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ मा पर्ने क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनायको छ ।
हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा बिहीबार स्थानीयले तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलील कफ्र्यु आदेश जारी गरिएको हो ।
गत आइतबार अपराह्न साढे चार बजेको समयमा धुराबजार बस्ने सुशीला बम्जनलाई भान्सा कोठाभित्र ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन)ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ । जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरि उपरिक्षक लालध्वज सुवेदीका अनुसार आरोपी दुवै जनालाई सिन्धुली प्रहरीले पक्राउ गरिसकेको उनले बताए ।





