भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर -११ ले आयोजना गरेको १३औं राष्ट्रिय टोपी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
१३औं राष्ट्रिय टोपी दिवसको अवसरमा भएको कार्यक्रममा विभिन्न बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

हरिवन नगरपालिका वडा नम्बर- ११ का वडा अध्यक्ष शेष मेहेबुब रेजाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा रहेका थिए भने कार्यक्रमका बिशिस्ट अतिथी हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) तथा उप-प्रमुख हरिमाया घलान लगायतको उपस्थिति रहेको थियो ।

हरिवन नगरपालिका वडा नम्बर -११ का वडा अध्यक्ष शेष मेहेबुब रेजाको अग्रसरतामा प्रत्येक बर्ष टोपी दिवस आयोजना गर्ने गरिएकोमा अध्यक्ष रेजाको सबैले प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन वडा नम्बर ११ का सचिब कृष्ण शर्माले गरेका थिए ।




