सर्लाही ।
सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ । ईश्वरपुर नगरपालिका २, राईटरखोर स्थीत सागरनाथ वन विकास परियोजनाको जङ्गलमा बन चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएका सर्लाही प्रहरिले जनायको छ ।
सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत रहेका राईटरखोर निबासी बर्ष ४७ को रामइश्वर महतोको हत्या भएको हो ।
वन हेरालु रामइश्वर महतोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । वन हेरालु रामइश्वर महतोको घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनायको छ ।
आज शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार वन हेरालु रामइश्वर महतो त्यसतर्फ गएका थिए । महतो आज दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरे ।
सागरनाथ वन विकास परियोजनाको राईटरखोर जङ्गलमा खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो । घटनास्थलमा अहिले साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको र हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरि नायब उपरिक्षक एवंम सूचना अधिकारी सरोज राईले बताए ।
तालिम प्राप्त कुकुरले माछा पोखरिलाई देखायकाले माछा पोखरिमा वन हेरालु रामइश्वर महतोको टाउको खोजि भैरहेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की बताए ।
घटनाबारे थप बूझ्न सागरनाथ वन विकास परियोजनाका सहायक अनूसन्धान अधिकृत एबंम निमीत परियोजना प्रमुख खेमलाल बिकलाई फोन सम्पर्क गर्दा फोन उठेन । वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि सागरनाथ वन विकास परियोजनाका चौकीदार (वन हेरालु) र स्थानीय वासिन्दा त्रसित बनेका छन् ।




