भक्ती रिजाल,
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा रहेको निलकमल टि एण्ड फूड इन्डस्ट्रीजले स्थानीय जनतालाई नि: शुल्क रुपमा स्वादिस्ट चिया बितरण गरेर उदाहारणीय कार्यलाई निरन्तरता दिएको छ ।
निलकमल टि एण्ड फूड इन्डस्ट्रीजले प्रत्येक बर्ष जाडो मौसममा हरिवन बजारमा एक दिन निसुल्क चिया र बिस्कुट बितरण गर्दै आएको छ ।
मधेसमा बाक्लिएको सितलहर र हुस्सुका कारण आम जनताले तातो- नयानो खिजिरहेका बेला आफुले पनि सकारात्मक सन्देश प्रबाह होस भनि तातो चिया र बिस्कुट मार्फत जन सेवा गरेको निलकमल फूड एण्ड इन्डस्ट्रीजका निर्देशक कमल सुबेदीले जानकरी दिए ।
प्रत्येक बर्ष झैं यो बर्ष पनि बिहान-बिहान चिया बितरण मार्फत निलकमल टि एण्ड फूड इन्डस्ट्रीजले सकारात्मक काम गरेकोमा हरिवन बजाररमा रहेको कार्की स्टेशनरीका संचालक युबराज भण्डारीले प्रसन्नता ब्यक्त गरे ।
जनतालाई यसरी नै सेवा भावले परोपकार गर्नु हुने कमल सुबेदी धन्यवादका पात्र हुन भन्छन् सामजिक अबियन्ता बिजय अधिकारी ।

निलकमल टि एण्ड फूड इन्डस्ट्रीजद्वारा उत्पादित चिरञ्जीवी चियाको देश भरका विभिन्न ठाउमा राम्रो माग हुने गरेको निर्देशक सुबेदीको भनाइ छ ।




