भक्ती रिजाल,
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका भित्रका अधिकांश सडकहरु धमाधम कालो पत्रे तथा ढलान हुने क्रममा छन् । बिगत लामो समय देखि सडक संजाल संग जोडिन नपाएका र दुरदराजमा रहेका बाटाहरु पनि सडक हुँदै ढलान र कालोपत्रे पिच हुन थाले पछी स्थानीय बासी खुसीले दंग छन् ।
कतिपय गाउमा भनसुन नपुगेकै भरमा रोकिएका बाटाहरु पनि ढलान कालोपत्रे पिच बन्न थालेका छन भने बिगत लामो समय देखि अधुरा र अपुर्ण रहेका फुल पनि धमाधम निर्माण सम्पन्न भएर र संचालनमा छन् साथै कतिपय पुल निर्माणका क्रममा छन् ।
हरिवन नगरपालिकाका भित्रका अधिकांश सडकहरु कालो पत्रे तथा ढलान भैसकेका हरिवन नगरपालिकाका नगर प्रमुख-मेयर रमेश बुढाथोकी (कमल)को भनाइ छ । पालिका भित्रका अधिकांश बाटाहरु कालो पत्रे र ढलान मार्फत जोडिएका प्रमुख बुढाथोकी बताउछन् ।
नगरपालिका भित्र पर्ने ११ वटै वडाका सडकलाई कालोपत्रे पिच र ढलान गरि सकिएको र अब बाँकी रहेका केही बाटाहरु मर्मत संगै तत्काल कालो पत्रे गर्ने गरि तयारी थालिएको नगर प्रमुख बुढाथोको भनाइ छ ।
हरिवन नगरपालिका वडा नम्बर -१०, लुइँटेलटोल बाट पुर्ब वडा नम्बर-११, मुस्लिमटोल जोड्ने लामो समय देखि रोकिएको बहु-प्रतिण्ठित सडक पिच भए संगै वडा नम्बर १० नम्बर बासीलाइ सहज भएको स्थानीय युबराज लुइटेल बताउछन् ।
बाक्लो मानव बस्ती भएका अधिकांश गाउहरुमा सडक संगै ढलान पिच पनि पुगिसकेको नगर प्रमुखबुढाथोकीको भनाइ छ ।
हरिवन नगरपालिका वडा नम्बर- २, पाकरगाछी देखि मिलनचोक सम्म जोड्ने दुबै तर्फ नाला भएको नमुना सडक कालोपत्रे पिच बनेपछी टिकटक बनाउने र सेल्फी खिच्ने युवा युवतीको चहल पहल बडेको स्थानीय शंकर मैनालीको भनाइ छ ।

वडा नम्बर- २, अन्तर्गतका बाटा-घाटाहरु लाई पुर्ण रुपमा कालोपत्रे पिच तथा ढलान गर्ने कार्यमा आफू लागिपरेको वडा अध्यक्ष अर्जुन योन्जन बताउछन् ।




