सर्लाही । हरिवन उधोग बाणिज्य संघलाई नेपाल उधोग बाणिज्य महासंघ -मधेश प्रदेशको जिल्ला/नगर तर्फ सदस्यता प्रदान गरेको छ ।
उध्योग बाणिज्य संघ हरिवनलाई उधोग बाणिज्य महासंघ -मधेश प्रदेशको जिल्ला/नगर तर्फ सदस्यता प्रदान गरे संगै आफुहरुमा उत्साह थपिएको उध्योग बाणिज्य संघ हरिवनका उपाध्यक्ष दिनेश केसिको भनाइ छ ।

हरिवन उधोग बाणिज्य संघलाई नेपाल उधोग बाणिज्य महासंघ -मधेश प्रदेशको सदस्यता प्राप्त प्राप्त भए संगै आगामी दिनमा ब्यबासायिको हकहित र उन्नयन तफ काम गर्न बाटो खुलेको संघका सक्रिय सदस्य युबराज भण्डारीले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ-मधेश प्रदेशको २०८२ भदौ ३१ गतेको निर्णय अनुसार हरिवन उद्योग वाणिज्य संघलाई जिल्ला/नगर तर्फको सदस्यता प्रदान गरिएको जानकारी पाउदा आफुहरुमा खुसियाली छएको संघका हरिवन नगर अध्यक्ष प्रयाग राज पोतेले प्रसन्नता व्यक्त गरे ।

यो गौरवपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्याउने सम्पुर्ण ब्यबसायी प्रती आभार प्रकट गर्दै अध्यक्ष पोतेले धन्यबाद दिएका छन् ।




