सर्लाही । पोषणयुक्त र रोगप्रतिरोधी रैथाने अन्न बाली हो, `कोदो´ रोग प्रतिरोधात्मक क्षमता भएको रैथाने बाली कोदोलाई पछिल्लो समयमा धेरै मानिसहरुले रुचाउने गरेका छ्न् ।
नेपालको सबै खाले हावापानीमा उत्पदन हुने कोदो खेती र यसको प्रयोग पछिल्ला दिनहरुमा लोभलाग्दो ढंगबाट विकास भएको पाइन्छ ।
देशका ठुला-ठुला होटल तथा रेस्टुरेन्टहरुका मेन्युमा पनि कोदोका परिकार महत्त्वका साथ रोजाइमा पर्नुले पनि यसको उपयोगिता मानव जीवनका लागि कति रहेछ भनेर बुझ्न सकिन्छ ।
एक समयमा कोदोलाई हेला गर्ने र हेप्ने गरिन्थ्यो तर अहिले भने जताततै कोदोको माग बढ्न थालेको छ । कोदोमा रहेको रोग प्रतिरोधात्मक गुण र महत्त्वलाई सबैले आत्मसात गर्न थालेको कारण पनि यसको गुणको प्रचारप्रसार हुन थालेको हो भन्छन् -हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)

कोदो लगायतका रैथाने बालीले मानिसलाई निरोगी बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा पनि बल पुर्याउने भएकोले सकेसम्म हरेक घरको भान्साम्मा कोदो लगायतका रैथाने बालीको उपयोग गर्नु पर्ने प्रमुख बुढाथोकीको सुझाब छ ।

हरिवन नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उत्पादन्मा आधारित प्रोत्साहन आनुदान स्वरुप प्रत्येक साल कुइन्टलको दुई हजारका दरले रकम दिने गरेको पनि नगर प्रमुख बुढाथोकीको भनाइ छ ।
कोदो उत्पादन तर्फ धेरै किसानहरु उत्साहका साथ लागेका हरिवन नगरपालिका वडा नम्बर- ८, का अगुवा किसान उमानाथ कडरियाको भनाइ छ ।

हरिवन नगरपालिकाका कृषि शाखा प्रमुख तथा कृषि विशेषज्ञ बिष्णु गुरागाईँ का अनुसार रैथाने बाली कोदो लगायत फापर, मस्याम र कुर्थिमा पनि अनुदान दिने नगरपालिकाको योजना अनुरुप यस बर्ष पनि नगरपालिका भित्र रहेका प्रत्येक वडामा किसानको लगत संकलन गर्ने काम भैरहेको बताए ।




