सर्लाही ।
श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष श्रीपञ्चमी दिन सरस्वतीको पूजा गरिन्छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग शैक्षिक संस्थाहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्ने गरिन्छ ।
सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि सर्लाही मंलगबाका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यस वर्ष बिधाकीदेवि सरस्वतीको पूजा माघ ९ गते परेको छ । सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले सर्लाहीको मलङवाका कालिगडहरु मूर्ति बनाउन व्यस्त भएका छन् । विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी भएकाले यहाँका कालिगड मूर्ति बनाउन व्यस्त रहेका छन ।
मूर्तिको आकार हेरेर मूल्य तोकिने भए पनि एउटा मूर्तिलाई र्४ हजार देखि २० हजार सम्म पर्ने बताए । गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर वर्षको करिब तीन लाखसम्म आम्दानी हुने उनले जानकारी दिए । उनले मूर्ति बेचेर छोरालाइ डाक्टर बनाएका मूर्तिकार शूभ लक्ष्मी पन्डितले बताए ।
सरस्वतीको मूर्तिको माग बढी आउने भएकाले घरपरिवारका सबै सदस्य काममा लाग्ने गर्दछन । खास गरी कुमाल जातिको पुर्खौली पेसा भएपनि पछिल्लो समय समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका छन । यो पेसाबाट आफु सन्तुष्ट रहेको भन्दै यसबाटै सहज रुपमा जीविकोपार्जन भइरहेको उनले बताए । सरस्वती पूजाका लागि यस अघिका वर्षभन्दा यस वर्ष बढी माग समेत आएको मूर्तिकार राम इश्वर पन्डितले बताए ।
विशेषगरी, श्रीपञ्चमीको दिनलाई विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेर मनाउने परम्परा रहँदै आएको हुनाले सरस्वती माताको पूजा–अर्चना गरे विद्या र बुद्धि बढ्ने आमविश्वास रहेको छ । यो पवित्र दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालयमा नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ, यसर्थ पनि सरस्वती पूजाको महत्व बढेको छ ।





