सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर -२, अत्रौली स्वास्थ्य चौकीमा २९ बर्षको स्वास्थ्य सेवा समाप्त गरि बिदा भएकी कृष्णा घिसिङले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई स्म्मरण गर्दै स्थानीय बासीहरु भावुक हुँदै घिसिङलाइ धन्यवाद दिएका छन् ।
कृस्णा घिसिङले कार्य क्षेत्रमा रहदा अनुशासन तथा इमान्दारितालाई मुल मन्त्र बनाइ कार्य सम्पादन गरेको हुदा उहाको उच्च मुल्यांकन भएको घुर्कौली स्वास्थ्य चौकीका प्रमुख कृष्ण मोहन पोख्रेलले जानकारी दिए ।
घिसिङको सम्मानमा हरिवन नगरपालिका वडा नम्बर -२, मा रहेको अत्रौली स्वास्थ्य चौकीले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको थियो ।

साम्म्मन कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले घिसिङको कार्यकुशलताको उच्च प्रसंसा गरेका थिए । घिसिङ जस्ता इमान्दार कर्मचारीले गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाब परेको बुढाथोकीको भनाइ थियो ।




