सर्लाही । पुर्ब जनमुक्ति सेना नेपालले फागुन एक गते जनयुद्ध दिवस मनाउने तथा आसन्न फागुन २१ गतेको निर्बाचनलाइ मुख्य बिषय बनाउदै सर्लाही जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ ।

लालबन्दी नगरपालिकाको उत्तर तर्फ रहेको सुदर पर्यटकीय सथल परवानीपुरको बोहोरेडाडामा बसेको बैठकले फागुन एक गते जनयुद्ध दिवस मनाउने तथा फागुन २१ गतेको चुनाबमा केन्द्रित हुने निस्कर्ष सहित योङ कम्युनिस्ट लिग (वाइसीएल) र पुर्ब जनमुक्ति सेना नेपालको संयुक्त बैठक सम्पन्न भएको पुर्ब जन्मुक्ती सेना नेपालका सर्लाही जिल्ला अध्यक्ष टंक बिहोरा (सितल) ले जानकारी दिए ।

योङ कम्युनिस्ट लिग (वाइसीएल)को सर्लाही जिल्ला कमिटी पनि बैठकमा सहभागी भएको र पुर्ब जनमुक्ति सेना नेपाल सर्लाही जिल्ला कमिटीको पनि संयुक्त उपस्थितले आफुमा उर्जा भरिएको वाइसीएल सर्लाही जिल्ला अध्यक्ष घमराज श्रेस्ठ ले जानकारी दिए ।




