सर्लाही । मञ्जुश्री सम्वत् २८६२ ’ता ल्हो’ (घोडा वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङलगायत जातिको विशिष्ट परम्परा रहेको बताउनुभयो ।
सर्लाहीका लालबन्दी,ईश्वरपुर, हरिवन, बागमती, बरहथवा र हरिपुर नगरपालिकामा सोनाम ल्होसार कार्याक्रम हूने भयको छ । तामाङ समुदायले सोनाम ल्होसार पर्व भोली सोमबार धुमधामसँग मनाउँदै छन् । पर्वको अवसरमा भोली नेपाल सरकारले देशभर नै सार्वजनिक बिदा दिएको छ ।
नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले सोनाम ल्होसार पर्व भोली लालबन्दी नगरपालिका १५ बोहोरेडाँडामा रहेको गाङदेन छ्योइलिङ गुम्बामा धुमधामसँग मनाउँदै छ । समितिले आज साँझ लालबन्दीमा पत्रकार सम्मेलन गरी भोली आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिका अध्यक्ष एवं लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, लालबन्दी ६ का वडाध्यक्ष लालबहादुर योन्जन, घेदुङका जिल्ला अध्यक्ष वुद्ध लामालगायतले भोलीको कार्यक्रमलाई सफल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।
महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न गुम्बा, घर–घरमा पूजा गर्ने प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आर्शीवाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउने परम्परा छ।
लालबन्दी नगरपालिकाले भने पर्सी मंगलबार थप एक दिन बिदा दिने निर्णय गरेको हो । नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले सोनाम ल्होसारको अवसरमा बिदा दिन माग गरे अनुसार नगरपालिका कार्यालयले आज सूचना जारी गर्दै पर्सी मंगलबार ६ गते नगरपालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरु तथा आफू मातहतका अन्य कार्यालयहरुमा बिदा दिएको हो ।
लालबन्दी नगरपालिकाले भने पर्सी मंगलबार थप एक दिन बिदा ,

सोनाम ल्होसार को उत्सवः……
तामांङ्गहरूको नयाँ वर्षको उत्सव, ल्होसार एक ठाउँ बाट अर्को ठाउँमा अलिक फरक भने हुन सक्छ, तर सामान्यतया यो धेरै कुराहरूमा समान हुन्छ । तामांङ्गहरू धार्मिक अनुष्ठानहरूका लागी स्तुपाहरु, चैत्यहरू र मठ–मन्दिरहरु जान्छन्। सामान्यतया, यो उत्सव लगभग दुई हप्तासम्म मनाउने गरिन्छ। ल्होसारको तयारी खाप्से (तातो तेलमा पकाइएको एक प्रकारको रोटी, शेर्पा समुदायले पनि प्रयोग गर्छन्) भन्ने विशेष खाजाको तयारीबाट सुरु हुन्छ जुन ल्होसारको दिनमा खाइने विशेष चीजहरू मध्ये एक हो।
ल्होसारको अघिल्लो दिन, सम्पूर्ण परिवार मिलेर आफ्नो घर सफा गर्न र सजावटको लागि जम्मा हुन्छन विशेष गरी भान्सा कोठा जुन स्थानमा उत्सवको लागी चाहिने सम्पूर्ण आवश्यक व्यञ्जनहरू बनाइन्छ भने सामान्य दिनहरूमा पनि सधैँ खाना बनाउने काम गरिन्छ । परम्परागत रूपमा त्यस दिन घर सफा गर्नु भनेको अब आउने राम्रो भाग्यको आशाका साथ त्यसको लागि मार्ग बनाउँदै, सबै नराम्रो भाग्यलाई मेटाउनु हो ।
नयाँ वर्ष उत्सवका लागि धेरै प्रकारका व्यञ्जनहरू पकाइन्छन् जस मध्ये एक विशेष प्रकारको सूप बनाउने गरिन्छ जुन परिकार लाई मोः मोः वा सी–मोः मोः सँग खाने गरिन्छ जसलाई “गुथ्थुक” भनिन्छ । यो सूप प्रायः विभिन्न खाद्यहरू जस्तै चामल, सक्खर खण्ड, मासु, गहुँ, याक चीज ÷ घिउ, हरियो खुर्सानी, मरीच, मूला, र गाजर इत्यादिको मिश्रणले बनेको हुन्छ । ल्होसार चाडको भोजमा सामान्यतया सुँगुर÷बँदेल, हास, कुखुरा, र खापसे लगायतका विभिन्न प्रकारको मिठाईहरू समेत समावेश गरिएका हुन्छन् । ल्होसारको दिन, साँझपख सम्पूर्ण परिवारजन जम्मा हुन्छन् र त्यस अवसरको लागी बनाइएका मिठा मिठा परिकारहरूका साथ घरमा नै बनेको मदिरा इत्यादि सबै सँगै बसेर खाने गर्दछन् । यो उत्सव लगभग पुरै रात साथीभाइहरू सहित मनाउने गरिन्छ, जब घडीको सुईले मध्यरातको १२ छुन्छ, भेला भएका सम्पूर्ण परिवार र साथी – भाइ हरूले परम्परागत अभिवादन, “ताशी धेले ” एक अर्कालाई आदान प्रदान गर्छन् र यसरी तामांङ्ग समुदायले आफ्नो नव वर्ष अर्थात् ल्होसार मनाउने गर्दछन् ।
यसरी, तामांङ्गहरु पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर, राती ढिलो सम्म रहँदै परिवार र साथीभाइहरू सहित एक आपसमा नयाँ वर्षको अभिवादन साटासाट गर्दछन् । नयाँ वर्षको सुरुवात भएको उत्सव बा पुरानो वर्षको बिदाइको उत्सवलाई सङ्गीत, नृत्य इत्यादिको साथमा डम्फुको तालमा “तामांङ्ग सेलो” मा नाच्ने र मनोरञ्जन गर्ने गर्दछन् ।




