सर्लाही ।
नेपालमा करिब ८१ हेक्टर जमिनमा उखुको खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औं स्थानमा नेपाल रहेको तथ्यांक पनि छ । नगदेबालीको रुपमा रहेको उखु खेतीका कारण थुप्रैले रोजगारी पाउनुका साथै किसानको आर्थिक हैसियत समेत उकासिएको छ ।
सर्लाहीमा तिन चिनी उद्योग रहेकामा तिन ओटाले चिनी उद्योग संचालन भैरहेको छ । सर्लाहीको सबैभन्दा ठुलो चिनी उद्योग इन्दु शंकर चिनी उद्योग हरिवनले मङ्सिर १८ गते डोङ्गा पूजा गरि पूस ७ गते देखी उखु क्रसिङ सूरु गरेको हो । भने बगदहस्थित महालक्ष्मी चिनी उद्योग मङ्सिर २४ गते डोङ्गा पूजा गरि पूस ३ गते देखी उखु क्रसिङ सूरु गरेको छ भने धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले मङ्सिर २६ गते डोङ्गा पूजा गरि पूस २७ गते देखी उखु क्रसिङ सूरु गरेको हो ।
सर्लाहीको सबैभन्दा ठुलो चिनी उद्योग इन्दु शंकर चिनी उद्योग हरिवनले इन्दुुशङ्करले यो वर्ष ३५ लाख क्विन्टल उखु खरिद गरेर क्रसिङ गर्ने लक्ष्य लिएको छ । भने बगदहस्थित महालक्ष्मी चिनी उद्योग २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ र धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग १८÷२० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएका बताएका छन ।
नेपाल सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल रु ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा रु ७० बढी हो । गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६९० रुपैयाँ पाउने भएका छन ।
जिल्लामा देशभरिमा सबैभन्दा धेरै उखु खेती सर्लाहीमा हुने गरेको भए पनि पछिल्ला केही वर्ष यता लगातार उखु उत्पादन घट्दै गएको चिनी उद्योगहरुको तथ्याङ्कमा उल्लेख छ । उखु उत्पादन घट्दै जानु उखु उत्पादक किसानहरुको लागतअनुसार मूल्य नपाउँदा गर्नु परेको आन्दोलन मुख्य कारण रहेको उखु उत्पादक किसान अगुवा एवम् नेपाल उखु उत्पादक सङघका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।
यस अघि १९ हजार बिघा क्षेत्रफलमा उत्पादन हुँदै आएको उखु बर्सेनि भारी मात्रामा गिरावट हुँदै आएको उखू यस बर्ष देखी बढने अनूमान रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कले देखाएको छ । जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग, बग्दहमा रहेको महालक्ष्मी चिनी उद्योग र धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा छन् ।




