सर्लाही । काठमाण्डौको चिरायु अस्पतालका बरिस्ठ डाक्टर तथा बाथ रोग विशेषज्ञ नरेन्द्र मैनालीले हरिवन नगरपालिकाका स्थानीयलाई दिएको स्वास्थ्य सेवा लोभ लाग्दो रहेको छ ।
हरिवनमा रहेको सासापुर स्वास्थ्य चौकी तथा अन्य वडाका स्वास्थ्य सस्थामा सेवा प्रदान गर्दै आएका मैनालीको स्वस्थय सेवालाई लिएर चौतर्फी चर्चा हुने गरेको बताइएको छ ।
Advertisement
कतिपय अबस्थामा बिरामीहरुका लागि औषधि पनि नि:शुल्क रुपमा डाक्टर मैनालीले नै उपलब्ध गराउने गरेका हरिवन स्वास्थ्य चौकीका प्रमुख श्याम बिनोद कुशवाहाले जानकारी दिए ।

दुई दुई महिनाको अन्तरमा हरिवनको सासापुर स्वास्थ्य चौकीमा आउने गरेका डाक्टर मैनालीले बिरामीलाई गर्ने गरेको शहृदयी व्यवहार पनि बर्णन योग्य रहेको प्रमुख कुशवाहाको भनाइ छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




